समाचार
सरकारको एक्प्रेस गाडी जनता मार्दै र किच्दै नहिंडोस् : प्रमिलाकुमारी गच्छदार
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार केवल सामाजिक सञ्जाल र ‘भर्चुअल’ दुनियाँमा मात्र सीमित भएको आरोप लगाएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा कांग्रेस सांसद प्रमिलाकुमारी गच्छदारले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनमा ८७ प्रतिशत प्रगति गरेको दाबी गरे पनि यथार्थको धरातल निकै कमजोर रहेको बताएकी हुन् । सांसद...
थारूवानबहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री र पूर्व सचिवसहितका उच्च पदस्थ व्यक्तिहरूलाई दोषी ठहर गर्दै फैसला सुनाएको छ। न्यायाधीश तेज बहादुर खड्काको इजलासले मंगलबार गरेको फैसलाअनुसार यस प्रकरणका मुख्य अभियुक्तहरूलाई सङ्गठित ठगी, राज्यविरुद्धको कसूर र सङ्गठित अपराधमा सजाय हुने भएको छ। अदालतले पूर्व उपप्रधानमन्त्री टोपबहादुर...
थारूवानधनगढीमा १० वर्षीया बालक तनुज चौधरीको हत्या गरेर लुटिएको सुनको मुन्द्रा प्रहरीले बरामद गरेको छ। गत असार १२ गते धनगढी-१७ को कालिका सामुदायिक वनमा मृत फेला परेका तनुजले कानमा लागएको सुनको मुन्द्रा सोमवार पक्राउ परेका अभियुक्त खेमराज कठायतबाट बरामद भएको हो। प्रहरीका अनुसार तनुजको हत्यामा संलग्न भनिएका गौरीगङ्गा नगरपालिका-६...
थारूवानतत्कालीन नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भजनी नगरपालिकाका मेयर केवल चौधरी, उपमेयर राजु तिरुवा र विभिन्न वडाका वडाध्यक्षहरू नाउपा नेपालमा आबद्ध भएका छन्। नाउपा नेपालका अध्यक्ष कबिस सोबले उनीहरूलाई पार्टीमा प्रवेश गराएका हुन्। अध्यक्ष सोबले मेयर-उमेयरको आगमनले संगठनलाई थप सुदृढ, एकताबद्ध र जनमुखी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका...
थारूवानकृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक मल सहज रुपमा उपलब्ध हुने दाबी गरेकी छिन् मंगलबार राष्ट्रिय सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलको क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले धानबालीका आवश्यक मलको व्यवस्था गरिएको स्पष्ट पारिन्। ‘हाल ९५ हजार मेट्रिक टन मल मौज्दात छ।...
थारूवाननेपाल प्रिमियर लिग(एनपीएल) तेस्रो सिजनमा किशोर महतो लुम्बिनी लायन्समा अनुबन्ध भएका छन्। उनलाई लुम्बिनी लायन्स र विराटनगर किंग्सले अधिकतम मूल्य १० लाखमा बोली लगाएका थिए। उनी लक्की ड्रबाट लुम्बिनी लायन्समा अनुबन्ध भएका हुन्। उनी यसअघि जनकपुर बोल्ट्समा खेलेका थिए। पहिलो सिजन जनकपुरलाई उपाधि दिलाउन उनले बलिङमा मुख्य भूमिका खेलेका...
थारूवानकृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले लामो समयदेखि कार्यालयमा उपस्थित नभएका कर्मचारी हटाउन सुरु गरेकी छन्। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को अध्यक्ष समेत रहेकी चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीलाई सेवाबाट हटाएकी हुन्। सेवाबाट हटाइएका कर्मचारीमा कृषि अनुसन्धान निर्देशनालय सुनसरीमा कार्यरत प्राविधिक अधिकृत छैटौं पार्वती...
थारूवानप्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको छ। सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले सो अवधिमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेसनमार्फत सो परिमाणको रासायनिक मल अनुदानित मल बिक्री वितरण गरिएको बताए।...
थारूवानसरकारले सय दिनको उपलब्धि सार्वजनिक गरेको छ। शनिबार सिंहदरबारमा एक कार्यक्रम गरी सरकार प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सय दिनको उपलब्धि सार्वजनिक गरेका हुन्। सरकार गठन भएको दिन २०८२ चैत १३ गते बसेको मन्त्रिपरिषद बैठकले शासकीय सुधारका लागि १०० दिने कार्यसूची स्वीकृत गरेको थियो। सरकार प्रवक्ता...
थारूवानप्रमुख विपक्षी नेता तथा संवैधानिक परिषद्का सदस्य भीष्मराज आङ्देम्बेले निर्वाचन आयोगको रिक्त प्रमुख आयुक्त र आयुक्त सिफारिस प्रक्रियामा प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष बालेन्द्र शाह (बालेन)ले अपनाएको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। उनले संवैधानिक निकायमा नियुक्ति गर्दा परिषद् सदस्यहरूसँग संवादको शैली अपनाउनुपर्नेमा त्यसो नगरिएको भन्दै प्रधानमन्त्रीको शैलीप्रति सैद्धान्तिक असहमति...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश