समाचार
सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा बसेको सर्वपक्षीय बैठकले कार्कीलाई प्रधानमन्त्री बनाउने निष्कर्ष निकालेको हो। आवश्यकताको सिद्धान्तअनुसार कार्कीलाई प्रधानमन्त्री बनाइने बैठकमा सहभागी स्रोतले अन्नपूर्णलाई बताए। ती स्रोतका अनुसार अन्यथा नभए भोलि विहानसम्म कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्ति गरी सपथ खुवाइनेछ। उक्त निर्णयमा पुग्न...
थारूवानजेन्जीको आन्दोलनमा सिरहाका ३२ वर्षका विजय चौधरीको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका उनको सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। यसअघि आन्दोलनमा उनी बेपत्ता भएको भन्दै परिवारजनले खोजिदिन आग्रह गरेका थिए। सिराहाको लहान नगरपालिका-१५, ढोढना सिमलटोकी घर भएका हरिप्रसाद चौधरीका कान्छा छोरा विजय पेप्सीकोला बस्दै...
थारूवानकामचलाउ सरकारका युवा तथा खेलखुद मन्त्री तेजुलाल चौधरीले संविधानको परिधिभित्र रहेर निकास दिन आग्रह गरेका छन्। नेपाली सेनाको संरक्षणमा रहेका चौधरीले कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरूमाथि भएको आक्रमण र निजी निवासमा भएको आगजनीको गम्भीर समीक्षा गर्न पनि माग गरेका छन्। त्यस्तै जघन्य कसुरमा कैद सजाय भोगिरहेको र दोषी साबित...
थारूवाननागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले जेनजीमध्ये एक जनालाई प्रधानमन्त्री बन्न आग्रह गरेका छन्। त्यसलाई संवैधानिक बनाउने काम राष्ट्रपतिको रहेको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। उनले पुराना नेतालाई जेनजीलाई सुझाव दिने नैतिक अधिकार नभएको उल्लेख गरेका छन्। जेनजीलाई आफैंले नेतृत्व लिएर प्राप्त उपलब्धि रक्षा गर्न पनि उनले आग्रह...
थारूवानकाठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी प्रतिनिधिले अन्तरिम सरकार नेतृत्वका लागि प्रस्ताव गरेको पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाममा समर्थन जनाएका छन्। तर, त्यसअघि संसद् विघटन गर्नुपर्ने उनले बताएका छन्। ‘जेनजीहरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसद् विघटन अविलम्ब गर्नु होला’, उनले राष्ट्रपतिलाई सम्बोधन गर्दै सामाजिक सञ्जाल...
थारूवाननेपाली सेनाले अराजक गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरेको छ। बुधबार विहान १० बजेको अपडेटमा नेपाली सेनाले २७ जना पक्राउ गरेको जानकारी दिएको हो। पक्राउ पर्नेहरू विषम परिस्थितिको अनुचित फाइदा उठाइ लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उशृंखल गतिविधिमा संलग्न रहेको सेनाले जनाएको छ। त्यस्तै...
थारूवाननेपाली सेनाले देशभर निषेधाज्ञा र कर्फ्यू जारी गरेको छ। जनसम्पर्क तथा सूचना निर्देशनालयले आज सूचना जारी गर्दै देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर राखी हाल लागु गरिएको निषेधाज्ञा आज साँझ ५ बजे सम्म देशभर निरन्तर रहने जानकारी दिएको हो। यस्तै सेनाले भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी रहने...
थारूवानसंयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले संयमता अपनाउन आग्रह गरेका छन्। महसचिव गुटरेसले सामाजिक सञ्जालमार्फत संयमता अपनाएर रचनात्मक बाटो तय गर्न आग्रह गरेका हुन्। उनले आफूले नेपालमा विकसित घटनालाई नजिकबाट नियालिरहेको उल्लेख गरेका छन्। ‘नेपालको अवस्थालाई मैले नजिकबाट नियालिरहेको छु। हिंसालाई थप बढ्नबाट रोक्नका लागि गहन अनुसन्धान, संयम र रचनात्मक...
थारूवानराति १० बजेबाट सेना परिचालन हुने भएको छ। नेपाली सेनाले विज्ञप्ति जारी गरेर राति १० बजेबाट सक्रिय हुने जानकारी दिएको छ। ‘हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुऱ्याउने, लुटपाट एवं आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरु नगर्न/नगराउन...
थारूवाननागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले संसद पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत सांसद पदबाट राजीनामा दिएको घोषणा गरेकी हुन्। उनी कैलाली क्षेत्र नं १ बाट निर्वाचित भएका थिए। ‘हिजोदेखि जेनजीले उठाएको आवाज, उनीहरूको माग र आन्दोलन तत्पश्चात भएको मानबिय क्षतीले मलाइ गहिरो आत्ममन्थन गर्न बाध्य भएको छु।...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश