समाचार
भदौ १९ गते संसदबाट पारित हुँदैछ संघीय निजामती विधेयक
प्रतिनिधिसभाले विभिन्न पाँच वटा महत्त्वपूर्ण विधेयकहरू पारित गर्ने गरी भदौ महिनाको दोस्रो पाक्षिक क्यालेन्डर बनाएको भएको छ । यसका निम्ति शुक्रबार सभामुख देवराज घिमिरेले प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकपछि सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले...
थारूवानकैलालीको खुटिया नदीमा डुबेर चार जना किशोरको मृत्यु भएको छ। गोदावरी नगरपालिका-९ स्थित खुटिया नदीमा नुहाउने क्रममा धनगढीका चार किशोर बेपत्ता भएका थिए। १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ कै प्रतीक चौधरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी)...
थारूवानहत्या आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मधुवन नगरपालिका-२ गंगापटुवाका ३६ वर्षीय गोपी भन्ने कनोहे थारुलाई गुलरिया नगरपालिका-३ प्रगति टोलस्थितबाट प्रहरीले बिहीबार पक्राउ गरेको हो । ठाकुरबाबा नगरपालिका-१ भुरीगाउँकी सुस्मिता थारु २०८१ पुस १८ गते ठाकुरबाबा जान्छु भनी घरबाट निस्केकी थिइन् । थारु बेपत्ता भएपछि आफन्तले खोजतलासका...
थारूवाननागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले नाउपाको जितमा पहाडी समुदायको साथ पनि जोडिएको बताएकी छन्। उनले सामाजिक सञ्जालमार्फत नाउपाको जित थारूमात्रले नभएर पहाडीको पनि साथ पाएको सुनिश्ति भएको उल्लेख गरेकी हुन्। अध्यक्ष श्रेष्ठले थारू-पहाडी भाइ भाइ भएको र जातीयता भड्काउने प्रवृत्तिको विरोधसमेत गरेकी छन्। उनले जनताले दिएको जित गीतको...
थारूवानथारू विद्यार्थी समाज, उपत्यका समितिले फुटसल प्रतियोगिता गर्ने भएको छ। आगामी भदौ २८ र २९ गते थाविस उपत्यका समितिले फुटसल प्रतियोगिता गर्न लागेको हो। थारू सुपर लिगको नाम दिइएको प्रतियोगिता विजेताले ७५ हजार ५ रुपैयाँ नगद पाउने आयोजकले जनाएको छ। त्यस्तै दोस्रो हुनेले ४० हजार ५ रुपैयाँ र तेस्रो...
थारूवानकैलाली कारागारका एक थुनुवाको मृत्यु भएको छ। जिल्लाको टीकापुर नगरपालिका-४ का ५६ वर्षीय रामकिसन चौधरीको आज दिउँसो मृत्यु भएको कारागार प्रशासनले जनाएको छ। टाउको दुखेको र रिंगटा लागेको भनेपछि चौधरीलाई तत्काल उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएकामा केहीबेरमै चिकित्सकले मृत घोषणा गरेको कारागार प्रमुख प्रकाश ढुङ्गानाले जानकारी दिए।...
थारूवानसीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देही-३ को उपनिर्वाचनका लागि अघिल्लो चुनावमा नागरिक उन्मुक्ति (नाउपा) रुपन्देही-१ बाट उठेका उम्मेदवारलाई पार्टीमा भित्र्याएको छ। गत निर्वाचनमा रुपन्देही-१ बाट उम्मदेवार धनिराम चौधरीलाई आइतबार जनमत प्रवेश गराइएको हो। गत निर्वाचनमा रुपन्देही-१ मा उनले १३ हजार ९६२ मत सहित चौथो स्थानको मत ल्याएका थिए। रुपन्देही-३...
थारूवानलुम्बिनी प्रदेश सरकारले दिएको सार्वजनिक बिदालाई नवलपरासीका तीन स्थानीय तहले मानेका छैनन्। थारू समुदायको विशेष पर्वका रूपमा रहेको ‘बड्का अट्वारी पर्व’ (ठूलो आइतबार)का अवसरका प्रदेश सरकारले आज प्रदेशका ६ जिल्लामा सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले दिएको बिदा कसैले मान्ने र कसैले नमान्दा सेवाग्राहीहरू अन्यौलमा परेका छन्। थारू समुदायको...
थारूवानथारू सोसाइटी अफ सिड्नी अष्ट्रेलियाको अध्यक्षता पुनः दीपनारायण चौधरी चयन भएका छन्। सिड्नीको इन्द्रेणी फन्क्सन सेन्टर रकडेलमा भएको चौथो अधिवेशनबाट चौधरी पुन अध्यक्ष चयन भएका हुन्। यसअघि पनि उनी लगातार दुई कार्यकाल अध्यक्ष बनेका थिए। त्यस्तै उपाध्यक्षमा निमेष लेखी र विनय चौधरी, महासचिवमा मधुकर चौधरी, सहसचिवमा सोफिया चौधरी, कोषाध्यक्षमा...
थारूवानथारूहरूले आज विद्रोह दिवस मनाएका छन्। २०७२ भदौ ७ मा भएको टीकापुर घटनाको स्मरणमा थारूहरूले विद्रोह दिवस मनाएका हुन्। थारू कल्याणकारिणी सभा र थरुहट थारुवान राष्ट्रिय मोर्चाले संयुक्तरूपमा काठमाडौं लगायत थरुहट जिल्लामा विद्रोह दिवस मनाएका हुन्। काठमाडौंमा माइती घर मण्डलामा थारू कल्याणकारिणी सभाका सभापतिसहित केन्द्रीय पदाधिकारीहरू र थारू संघसंस्थाका...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश