समाचार

उपेन्द्र यादवको समूहले पायो जसपाको आधिकारिकता

जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता निर्वाचन आयोगले उपेन्द्र यादव नेतृत्वको समूहलाई दिएको छ। निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया अध्यक्ष रहेको इजलासले साता लामो सुनुवाइपछि जसपाको आधिकारिकता बहुमतका आधारमा यादव पक्षलाई दिने फैसला सुनाएको हो।

थारूवान

दिल्ली बजारस्थित सदर जेलमा रहेका निलम्बित सांसद रेशम चौधरी निर्वाचन आयोग जाने भएका छन्। जसपा विवाद टुंग्याउन आयोगले आज ११ बजे ५१ जनै कार्यकारिणी सदस्यलाई भौतिक उपस्थितिको लागि बोलाएको छ।

थारुवान संबाददाता

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीका राना थारु समुदायका व्यक्तिहरुले गाउँको बीच भागमा दिदीबहिनीहरुका लागि डोला (पिङ) राखेका छन्। साउनको पहिलो सातामै राना समुदायले डोला राखेका हुन्। यो राना थारु समुदायको परम्परागत चलन हो।

थारुवान संबाददाता

निर्वाचन आयोगले जसपा विभाजनको टुंगो लगाउन त्यो पार्टीको कार्यकारीणी सदस्यहरुको पक्ष र विपक्षमा विभाजितहरुको टाउको गनेर अन्तिम फैसला सुनाउने भएको छ। त्यही प्रायोजनको लागि जेलबन्दी जीवन बिताइरहनुभएका माननीय रेशम चौधरीजीलाई पनि निर्वाचन आयोगमा उपस्थित गराउने कुरा बाहिर मिडियामा आएको छ।

सुरेन्द्र चौधरी

निर्वाचन आयोगमा सोमबार हुने सनाखत (हेड काउन्ट) रोक्न माग गर्दै जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत गएको छ।

थारूवान

विश्व खेलकुदको कुम्भमेला ३२औं गृष्मकालीन ओलम्पिकको शुक्रबार भव्य उद्घाटन गरिएको छ । जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा एक विशेष समारोहका बीच ‘टोकियो ओलम्पिक २०२०’ को औपचारिक रुपमा उद्घाटन गरिएको हो ।

थारूवान

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादमा कार्यकारिणी समिति सदस्यलाई सनाखतका लागि बोलाएको छ। बिहीबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित सबै आयुक्त संलग्न ५ सदस्यीय इजलासले आधिकारिकता विवाद टुंगो लगाउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते बोलाएको आयोग स्रोतले बताएको छ।

थारूवान

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फ्लोर क्रस गर्ने एमालेका मेटमणि चौधरी र लक्ष्मी चौधरीसहित २२ सांसदलाई स्पष्टीकरण पत्र पठाएका छन्। ५ साउनको मिति राखेर पठाइएको पत्रमा फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको बारे केही उल्लेख गरिएको छैन।

थारूवान

श्री निवास चौधरी र अन्नु चौधरीको स्वर रहेको चोरी चोरी से बोलको गीतको म्युजिक भिडियो छायाँकन गरिएको छ। सेबिल इन्टरटेन्मेन्टले निर्माण गरेको भिडियोलाई ललितपुरको विभिन्न क्षेत्रमा छायाँकन गरिएको छ। भिडियोको सम्पादन गर्ने काम भइरहेको निर्माण पक्षले जनाएको छ। भिडियोमा मन लागेनबाट चर्चामा आएका नरेश चौधरीले अभिनय गरेका छन्। उनको...

थारूवान

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई नेकपा एमालेले २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ । सोमबार ललितपुरको च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

थारूवान