समाचार

यी हुन् देउवालाई विश्वासको मत दिने एमालेका थारु सांसद

नेकपा एमालेका २२जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । तीमध्ये ८ जना केपी ओली पक्षका छन् । बरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जनाले विश्वासको मत दिँदा नेपाल पक्षका १० जना सांसद भने मतदान बहिस्कार गरेर हिडेका छन् ।

थारुवान संबाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन्। आइतबार प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राखेका देउवाको पक्षमा १६५ मत आएको छ। विपक्षमा ८३ मत आएको छ भने मत दिन्न भन्नेमा एक मत परेको सभामुख अग्निप्रसाद सापकोटाले बताए।

थारूवान

भारत सरकारले नेपाललाई कोभिड–१९ रोकथामको लागि १५० आईसीयु बेड उपहार स्वरुप प्रदान गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई आईसीयू बेड हस्तान्तरण गरेका हुन् ।

थारूवान

आज कमैया मुक्ति घोषणा भएको २१ वर्ष भएछ । यो २१ वर्ष बीचमा देशमा धेरै परिवर्तन भए । मुख्य कुरा गणतन्त्र आयो, नयाँ समावेसी संविधान बन्यो । देशले नयाँ उचाई लिएको छ । कमैया मुक्ति एक महान घटना थियो ।

शान्ता चौधरी

काठमाडौ‍ंस्थित भारतीय दूतावासले भारतमा विभिन्न विषयमा उच्च शिक्षा तहमा अध्ययन गर्नका लागि छात्रवृत्तिसम्बन्धी सूचना प्रकाशित गरेको छ। अण्डरग्र्याजुयट तहमा अध्ययनका लागि विभिन्न विषयमा दरखास्त माग गरिएको छ। हेर्नुस् विज्ञापन 

थारूवान

बालुवाटार जग्गा प्रकरणमा अख्तियारको मुद्दा खेपेका पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । विशेष अदालतले आज थुनछेक बहसपछि गच्छदारलाई १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले बताए ।

थारूवान

गायक संजय चौधरीले थारु पोएट्री एन्ड टेल्स अफ थारु सेरिज अर्थात् थारु कविता र कथा शृंखलाको सुरुवात गरेका छन्। उनले आफ्नो युट्युब च्यानल संजय चौधरीमार्फत् भर्चुअल शृंखलाको सुरुवात गरेका हुन्।

थारूवान

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन्। मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन्। सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले...

थारूवान

जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय कार्यकारिणी सदस्य राजकुमार लेखीले सर्वोच्च अदालतको फैसला लोकतान्त्रिक व्यवस्थाको उपहास भएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत् सर्वोच्च अदालतको फैसलाले नेपालको राजनीति झनै अन्योलपूर्ण बनाउने दाबी गरे।

थारुवान संबाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमै पहिलोपटक अदालतले प्रधानमन्त्री बनाउने र हटाउने काम भएको टिप्पणी गरेका छन्। मंगलबार देशवासीमा नाममा सम्बोधन गर्दै उनले यो नै विश्वमा अनुकरणिय भएछ भने विडम्वना नै भन्नुपर्ने टिप्पणी गरे। ओलीले देशका लागि विकास र सार्वभौमिकताको कुरा उठाएका कारण नेकपा (एमाले)को सरकार ढालिएको दाबी गरे।

थारूवान