समाचार

प्रहरीले छोराको प्रमाण संकलन गर्दा पक्राउ परे बुबा गंगराम थारू

लागुऔषध मुद्दामा पक्राउ परेका छोराको अनुसन्धानका क्रममा आवश्यक प्रमाण संकलन गर्न घरमा प्रहरीले खानतलासी ग्रर्ने क्रममा कपिलवस्तुको बाणगंगा नगरपालिका १, बैरियामा बुबा नै अवैध भरुवा बन्दुकसहित पक्राउ परेके कपिलवस्तु प्रहरीले बताएको छ। इलाका प्रहरी कार्यालय पिपराको टोलीले लागुऔषध मुद्दामा पक्राउ परेका छोरा प्रकाश थारूका सम्बन्धमा थप प्रमाण संकलन गर्न...

थारूवान

काठमाडौं : थारू कल्याणकारिणी सभा (थाकस)ले अभौतिक सांस्कृतिक सम्पदा संकलनका लागि समिति गठन गरेको छ। सभाका सभापति प्रेमीलाल चौधरीको अध्यक्षतामा विभिन्न संघसंस्थाहरूको प्रतिनिधि सहभागी रहेको बैठकले डा. रामबहादुर चौधरीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो। समिति सदस्यमा पुरुषोत्तम चौधरी (सप्तरी), कुछतनारायण चौधरी (दाङ), बुद्धसेन चौधरी (सप्तरी), मदन चौधरी...

थारूवान

चितवन राष्ट्रिय निकुञ्जको सैनिक सुरक्षा पोस्टमा शुक्ररबार बिहान गोली लागेका नेपाली सेनाका एक जना सिपाहीको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनावश गोली चलेको निकुञ्ज र सैनिक अधिकारीले जनाएका छन् । घटना बिहान ९ बजेतिर भएको थियो । तिघ्रामा गोली लागेका सिपाही चन्द्रकिशोर दास थारूको उपचारका क्रममा दिउँसो चार...

थारूवान

मोरङको ग्रामथान गाउँपालिकामा वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिने निर्णयमा अदालतले अंकुश लगाएको छ। उपाध्यक्षलाई छाडेर वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर गाउँपालिका अध्यक्ष नमोनारायण माझी चीन भ्रमणमा गएका छन्। उनले आफ्नो अनुपस्थितिमा वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका थिए। उक्त निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले बिहीबार आदेश दिएको छ। उपाध्यक्ष गुणवतीदेवी...

थारूवान

बर्दियामा चितुवाको आक्रमणमा परेर एक जना घाइते भएका छन्। गुलरिया नगरपालिका ४ इन्देनी टोलका ६५ वर्षीय बिकुलाल थारू घाइते भएका हुन्। बुधबार अपराह्न करिब साढे ५ बजेतिर आफ्नो बारीमा गहुँ काटिरहेको समयमा चितुवाले उनीमाथि आक्रमण गरेको थियो। जिल्ला प्रहरी प्रवक्ता डिएसपी ऋषिराम घर्ती मगरका अनुसार थारूको बाँया हात र...

थारूवान

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी प्रतिनिधिसभा सदस्य हुन्। ‘नागरिक उन्मुक्ति पार्टी’का केन्द्रीय सदस्य उनी कैलाली निर्वाचन क्षेत्र-२ बाट निर्वाचित भएका हुन्। विसं २०६५ देखि राजनीति सुरु गरेका राज्यमन्त्री चौधरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य झपडबहादुर रावलसँग पाँच हजार सात सय ४३ मतान्तरका साथ विजयी...

थारूवान

प्रहरीले १५ चैतमा तीनकुनेमा प्रदर्शनका क्रममा भएको तोडफोड, आगजनीमा संलग्न भएको आरोपमा थप ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार पक्राउ पर्नेहरूमा सर्लाही कबिलासी- ६ घर भई हाल ललितपुरको टिकाथली बस्ने २२ वर्षीय अमित शाह, सुनसरीको धरान घर भई...

थारूवान

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकतापछि पार्टीको नाम नागरिक जनमत र चुनाव चिह्न ढकिया राख्ने सहमति भएको छ । आइतबार बर्दियाको मधुवन नगरपालिकाको अमरपुरमा बसेको एकता कार्यदलको बैठकले नाम र चुनाव चिह्नमा सहमति गरेको हो । केही दिनपछि कार्यसमितिको बैठक बसेर एकता प्रक्रिया टुंग्याइने भएको छ । कार्यदलमा समेत रहेका जनमतका उपाध्यक्ष...

थारूवान

थारु विद्यार्थी समाजको अध्यक्षमा विमल चौधरी निर्वाचित भएका छन्। नवलपरासीको डण्डामा आयोझित समाजको सातौं महाधिवेशनले चौधरीलाई अध्यक्षमा निर्वाचित गरेको हो। उनले प्रतिस्पर्धी गीता चौधरीलाई ३३ मतान्तरले पराजित गरेका हुन्। विमलले ८१ मत ल्याउँदा गीताले ४८ मत ल्याएकी थिइन्। त्यस्तै उपाध्यक्षमा बर्दियाका दिनेश चौधरी, नवलपुरका राजकुमार थनेत र नवलपुरकै लक्ष्मी...

थारूवान

थारु विद्यार्थी समाजको अध्यक्षमा विमल चौधरी निर्वाचित भएका छन्। नवलपरासीको डण्डामा आयोझित समाजको सातौं महाधिवेशनले चौधरीलाई अध्यक्षमा निर्वाचित गरेको हो। उनले प्रतिस्पर्धी गीता चौधरीलाई ३३ मतान्तरले पराजित गरेका हुन्। विमलले ८१ मत ल्याउँदा गीताले ४८ मत ल्याएकी थिइन्।

थारूवान
1 45 46 47 48 49 323