समाचार

अमेरिकी थारूहरूको संस्था टीएफएद्वारा छात्रवृत्तिबापतको अन्तिम किस्ता प्रदान

अमेरिकास्थित थारूहरूको छाता संगठन थारूज् एन्ड फ्रेन्ड्स एसोसियसन (टीएफए)ले छात्रवृत्ति पाएका विद्यार्थीहरूलाई अन्तिम किस्ता बापतको रकम प्रदान गरेको छ। सन् २०२३-२०२४ का लागि छानिएका २० जना विद्यार्थीलाई अन्तिम किस्तान प्रदान गरेको टीएफएका अध्यक्ष सुरेन्द्र चौधरीले जानकारी दिए।

थारूवान

नेपाल प्रिमियर लिगमा शनिबार चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गरेको छ। चितवनले १८१ रनको विजय लक्ष्य प्रस्तुत गरे पनि जनकपुर १८ ओभरमा १४८ रन बनाएर अलआउट भयो।

थारूवान

नेपाल पत्रकार महासंघको चुनावमाको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ। शुक्रबार केन्द्र, प्रदेश र जिल्लासहित सबै शाखाहरूको निवार्चन भएको हो। शनिबार दिउँसोसम्म अधिकांश जिल्लाको मतपरिणाम आइसकेको छ। केही थारु बाहूल्य जिल्लाबाहेक अधिकांश जिल्लाको मतपरिणाम आइसकेको छ।

थारूवान

नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी सदस्यमा १७ नेता मनोनीत गरेको छ। समाजवादीले शुक्रबार स्थायी कमिटी सदस्यमा रामकुमारी झाँक्रीसहित १७ नेता मनोनीत गरेको हो।

थारूवान

नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ। टियु क्रिकेट मैदानमा पोखराले दिएको १३९ रनको लक्ष्य काठमाडौंले १४ ओभरमै पूरा गर्‍यो। जितसँगै काठमाडौंले प्लेअफ सम्भावना बलियो बनाएको छ भने पोखराका लागि प्लेअफ सम्भावना निकै झिनो बनेको छ।

थारूवान

चितवनस्थित बाराही जंगल लजकी नेचर गाइड एलिना चौधरी प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड `टिओएफ टाइगर्स लज नेचुरिलष्ट´बाट सम्मानित भएकी छन्। परम्परागत रूपमा पुरुषहरूको प्रभुत्व रहेको जंगली जीवजन्तुको संरक्षण, दिगो पर्यटन र महिलाहरूको सशक्तीकरणमा पुर्‍याएको अद्वितीय योगदानको कदर गर्दै एलिनालाई अवार्ड प्रदान गरिएको हो।

थारूवान

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत शुक्रबार भएको खेलमा कर्णाली याक्स र विराटनगर किंग्स विजयी भएका छन्। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले लुम्बिनी लायन्स र विराटनगरले चितवन राइनोजलाई पराजित गरेको हो।

थारूवान

जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको प्लेअफमा पुगेको छ। काठमाडौं गोर्खाजलाई ५ विकेटले हराउँदै जनकपुर प्लेअफमा पुगेको हो। जनकपुर प्लेअफ पुग्ने पहिलो टिम बनेको हो। टियु क्रिकेट मैदानमा काठमाडौंले दिएको १०२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.५ ओभरमा १०४ रन बनाउँदै गुर्खाजलाई ५ विकेटले जितेको हो। जनकपुरका लागि जेम्स निशामले सर्वाधिक...

थारूवान

तिब्बत मामिलामा नेपालको परराष्ट्र नीति सधैं कमजोर हुने गरेको छ। चिनियाँ दबाब कारण नेपाल तिब्बत मामिलामा सधैं कमजोर बन्ने गरेको कूटनीतिक विशेषज्ञहरू दाबी गर्छन्। दलाई लामालाई कमजोर पार्ने चिनियाँ नीतिमा नेपाल चुकिरहेको उनीहरू बताउँछन्। यसपटक फेरि यस मामिलामा नेपालको परराष्ट्र नीति कमजोर देखिएको छ। चीनले ११औं पञ्चेम लामाको रूपमा...

थारूवान

कमला-कञ्चनपुर सडकखण्डमा चाइना रेलवे नं २ इन्जिनियरिङ ग्रुप कम्पनीले अवैधरूपमा नदी उत्खनन गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। राम रतन सिंह, आँचल कुमारीलगायतले नेपाल सरकार र चाइना रेलवे-२ इन्जिनियरिङ कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो। पूर्व-पश्चिम राजमार्गअन्तर्गत धनुषाको कमलादेखि सप्तरीको कञ्चनरुपसम्म चार लेनको सडक स्तरोन्नति र विस्तार...

थारूवान
1 85 86 87 88 89 339