समाचार

मधेसमा थारू भाषालाई बाइपास, सदन अवरुद्ध गर्ने थारू सांसदको चेतावनी

सरकारी कामकाजको भाषा सम्बन्धमा बनेको विधेयक मधेस प्रदेशसभामा पेस भएको छ। मधेस सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी तिवारीले बुधबार प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ प्रदेशसभामा पेस गरेकी हुन्।

थारूवान

राना थारु समुदायको सामाजिक, सांस्कृतिक, शैक्षिक, आर्थिक तथा राजनीतिक सशक्तीकरणका लागि ‘नेपाल राना थारु युवा समाज’को स्थापना भएको छ। यो संस्था औपचारिक रूपमा काठमाडौं महानगरपालिका-३१ शान्तिनगरमा दर्ता भएको छ।

थारूवान

थारू समाज सिड्नीले भव्यरूपमा माघी पर्व मनाएको छ। १४ जनवरी अर्थात माघ १ गते इन्द्रेणी फन्क्सन सेन्टरमा विशेष कार्यक्रमको आयोजना गरी माघी भव्यरूपमा मनाइएको हो। कार्यक्रममा थारू समुदायको विभिन्न संस्कृति र मौलिकताको प्रस्तुति गरिएको थियो।

थारूवान

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिकरूपमै नागरिक उन्मुक्ति विपक्षी गठबन्धनमा सहभागी हुने खुलासा गरे। नयाँ बानेश्वरमा आयोजित विपक्षी गठबन्धनको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले संयुक्त वक्तव्यमा ‘७ दलको हस्ताक्षर रहेको र यसमा नागरिक उन्मुक्तिको पनि समर्थन रहेको’ बताए।

थारूवान

नागरिक उन्मुक्ति पार्टीका नेता एवं पर्यटन राज्यमन्त्री अरुण चौधरीको मुद्दा खारेज भएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीहरू सपना मल्ल प्रधान, कुमार रेग्मी,हरिप्रसाद फुयाल र डा.मनोजकुमार शर्मा सम्मिलित संवैधानिक इजलासले बुधबार पर्यटन राज्यमन्त्रीसमेत रहेका चौधरीविरुद्धको मुद्दा खारेज गरेको हो।

थारूवान

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढाएको हो। निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल/मिट्टितेलमा ३ रुपैयाँ बढाउने निर्णय गरेको हो। भारतबाट आउने पेट्रोलियम पदार्थको मूल्य बढेर आएपछि निगमले मूल्य वृद्धि गरेको जनाएको छ।

थारूवान

सर्वोच्च अदालतले कैलाली-२ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरीको योग्यता विवादसम्बन्धी मुद्दा खारेज गरेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीहरू सपना मल्ल प्रधान, कुमार रेग्मी,हरिप्रसाद फुयाल र

थारूवान

काठमाडौंबासी थारूहरूले टुँडीखेलमा माघी महोत्सव मनाएका छन्। थारूहरूको नयाँ वर्ष माघ १ गते थारूहरूले माघी महोत्सव मनाएका हुन्। महोत्सवका लागि झाकी र्‍यालीको आयोजना गरिएको थियो। वसन्तपुरबाट सुरू भएको झाकी टुँडीखेलमा आएर सकिएको थियो।

थारूवान

कारी महतो/चितवन खिचरा महोत्सवको दशौं संस्करण पुस २९ गतेदेखि सुरु भएको छ। राप्ती नगरपालिका वडा नं. २ का सोनी अर्जेल थारु जातिका मौलिक भेषभुषा र गरगहनामा चिटिक्क परेर खिचरा महोत्सव घुम्न आएकी देखिइन्। उनी थारु पहिरन र गरगहना भाडामा लिएकी बताइन्।

थारूवान

लुम्बिनी प्रदेश सरकारले माघ २ गते प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ। माघे सङ्क्रान्ति तथा माघ पर्वको अवसर पारेर प्रदेश सरकारले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको हो।

थारूवान
1 84 85 86 87 88 347