समाचार

लोकसेवामा ‘थारु कलस्टर’ नछुट्याए राज्यले थारूमाथि अन्याय गरिरहेको छ : मन्त्री चौधरी

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले थारु क्लस्टरसहितको निजामती विधेयक नबन्दा थारु समुदायमाथि अन्याय भइरहेको बताए।  प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी हुँदै मन्त्री चौधरीले यस्तो बताएका हुन्। उनले संविधान जारी भइसकेको ९ वर्षसम्म...

थारूवान

कैलालीमा थारू समुदायको गाउँको नेतृत्वमा परिवर्तन आउन थालेको छ । परम्परागत रूपमा गाउँको नेतृत्वकर्ता (भलमन्सा) को काम पुरुषले गर्दै आए पनि पछिल्लो समय महिलासमेत यसको भूमिकामा रहेर उदाहरणीय कार्य गर्न थालेका छन् । घोडाघोडी नगरपालिकामा अहिले छ जना महिला भलमनसाको भूमिकामा छन् । विगतमा पुरुष मात्र हुने भलमनसामा महिला सक्रिय भएर नेतृत्व...

थारूवान

नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको छ। टियु क्रिकेट मैदानमा टस जितेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाउँदै १७० रन बनाएको थियो। १७१ रनको लक्ष्य पछ्याएको पोखराले १६.५ ओभरमा बिना कुनै विकेट गुमाई लक्ष्य पूरा गरेको छ।

थारूवान

नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले विजयी सुरुवात गरेको छ। शुक्रबार टियु क्रिकेट मैदानमा कर्णालीले चितवन रोइनोजविरुद्ध ६ विकेटको रोमाञ्चक जित हात पारेको हो। चितवनले दिएको १३१ रन कर्णालीले ४ विकेटको क्षतिमा १९.५ ओभरमा पूरा गरेको छ।

थारूवान

थारू समुदाय आज बिहानैदेखि लवाङ्गी पूजाको तयारीमा जुटेका छन्। नयाँ अन्न भित्र्याइसकेपछि प्रसादका रूपमा आफ्ना देवीदेवतालाई त्यो चढाउन यो समुदायले हरेक वर्ष विवाह पञ्चमीमा लवाङ्गी पूजा गर्दै आएको छ। थारू अगुवा चन्द्रकुमार चौधरीका अनुसार यो पूजासँगै थारू समुदायमा भजहर, हरहर पूजा गर्ने गरिन्छ।

थारूवान

सुदूरपश्चिम रोयल्सले दोस्रो जित हात पारेको छ। टियु क्रिकेट मैदानमा सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनले पराजित गरेको हो। नरेन साउदको उत्कृष्ट पाँच विकेटले काठमाडौंलाई १५.५ मा ९४ रनमा सीमित गरायो।

थारूवान

जनकपुर बोल्ट्सले लगातार तेस्रो जित हात पारेको छ। टियु क्रिकेट मैदानमा बिहीबार पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको हो। यससँगै पोखरा दोस्रोपटक पराजित बन्न पुगेको छ। पहिलो खेलमा विराटनगरलाई ८ विकेटले हराएको जनकपुरले दोस्रो खेलमा कर्णालीलाई पनि ८ विकेटले नै हराएको थियो।

थारूवान

नागरिक उन्मुक्ति पार्टीका सांसद एवं पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीको ‘योग्यता’ विवाद फैसला चरणमा प्रवेश गरेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले यस विवादमा सुनुवाइ सकेर आउँदो पुस १७ सुनाउने मिति तोकेको छ।

थारूवान

नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवर्द्धनमा अतुलनीय योगदान पुर्‍याएकोमा समाजसेवी तथा आर्थिक सशक्तीकरणकी अभियन्ता सांसद भगवती चौधरी सम्मानित भएकी छन्। बेलायतको वर्ल्ड बुक अफ रेकर्डले पूर्वमन्त्री समेत रहहेकी सांसद चौधरीलाई बेलायतको हाउस अफ कमन्स, बेलायती संसद् वेस्ट मिन्स्टरमा विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो।

थारूवान

गाउँभरिका मानिसको जमघटबीच सयौँ परिवारको खाना एकै ठाउँमा पाकिरहेको छ। माटोको चुलो लहरै राखेर भन्सर्या (भान्से) हरू मिठा भोजन तयार पार्न व्यस्त छन्। कैलालीको भजनी नगरपालिका-२, मोहनपुरमा थारू समुदायको भजहरको दृश्य हो, यो।

थारूवान
1 86 87 88 89 90 339