थारू समाचार
समीर चौधरीलाई नेबिसंघ बारा अध्यक्षको जिम्मेवारी
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेबिसंघ)को बारा अध्यक्षको जिम्मेवारी समीर चौधरीले पाएका छन्। बाराको कोल्हबी निवासी चौधरीलाई नेबिसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले अध्यक्षको जिम्मेवारी सुम्पेका हुन्। चौधरीले आजै नेबि संघ बाराको पदभार सम्हालेका छन्। अब तीन महिनाभित्र उनले बाराको अधिवेशन सम्पन्न गर्नुपर्नेछ।
थारूवानराजधानीबासी थारूहरूले अस्टिम्की पर्व मनाउने भएका छन्। अग्रासन थारु महिला समूहको संयोजकत्वमा भदौ २० गते अस्टिम्की पर्व मनाउन लागिएको हो। जसको संयोजक किरण चौधरी रहेकी छन्। उनकै संयोजकत्वमा काठमाडौंमा रहेका थारू संघसंस्थाहरूले भदौ २० गते संयुक्तरूपमा अस्टिम्की पर्व आयोजना गर्दैछ। कार्यक्रम बिजुलीबजारस्थित क्रिस्टल पार्टी प्यालेसमा हुने आयोजकले जनाएको छ।...
थारूवानअमेरिकामा पनि अस्टिम्की पर्व मनाउने भएको छ। चम्पन सांस्कृतिक समूहले अमेरिकाको टेक्सासस्थित इर्भिङमा अस्टिम्की मनाउन लागेको हो। थारू समुदायको पर्वलाई अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गर्न अस्टिम्की मनाउ लागिएको संयोजकसमेत रहेका चम्पन सांस्कृतिक समूहका प्रमुख कोरियोग्राफर दीपक दिपले जानकारी दिए। उनीसँगै चम्पनका कलाकारद्वय करिश्मा चौधरी र दिव्या चौधरीको पनि सहभागिता रहनेछ।
थारूवानराजकरण महतो/अन्नपूर्ण पोस्ट् महोत्तरीको भंगहा-४ बनरा टोललाई बीचबाटै चिरेर गएको छ बर्दिबास-रौजा-जलेश्वर सडक। सडकको वरिपरि फैलिएको छ थारूटोल बनरा। जहाँ थारू, मुसहर, बाँतर, तत्मा, चमार र यादव जातिको १ सय ८७ घरपरिवार बस्छन्। उनीहरूको पाँच पुस्ताले यहीँ जीवन बिताए। तर, अहिले आएर उनीहरू भूमाफियाको कारण लालपुर्जाविहीन बनेका छन्। गाउँ...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश