थारू समाचार

थारू बाहुल्य क्षेत्रलाई स्वायत्तसहितको विशेष क्षेत्र घोषणा गर्न थाकस चितवनको माग

थारू कल्याणकारिणी सभा (थाकस) चितवनले थारू बाहुल्य क्षेत्रलाई समेटी अधिकारसहितको स्वायत्त संरक्षित वा विशेष क्षेत्र माग गरेको छ। भरतपुर घोषणा पत्र जारी गर्दै उसले चितवनका थारूहरूलाई विशेष अधिकार माग गरेको हो। राज्यको मूल धारमा आदिवासी थारूहरुको पहिचान पहुँच प्रतिनिधित्व कायम नभएको भन्दै उसले ध्यानार्षणसमेत गराएको छ।

थारूवान

प्रहरीको गोलीबाट मृत्यु भएकी नविना थारूको शालिक अनावरण गरिएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मधुवन नगरपालिकाको ओराली बजारमा नविनाको शालिक अनावरण गरेका हुन्। उनको पूर्ण कदको शालिक निर्माण गरिएको हो।

थारूवान

चार जना थारूले लोक सेवा आयोगको सामान्य प्रशासन र लेखातर्फ अधिकृतमा नाम निकाल्न सफल भएका छन्। जसमा कञ्चनपुरका हिमाल डंगौरा, कैलालीका रामदिन चौधरी, कैलालीकै रबिन्स चौधरी र दाङका लक्ष्मीप्रासद चौधरी रहेका छन्। यसअघि थारू समुदायकै तीन महिलासहित चार जनाले सरकारी वकिलमा नाम निकाल्न सफल भएका थिए।

थारूवान

देशकै चौथो ठूलो जनसंख्या भएको थारू समुदायले अधिकारका निम्ति अहिले पनि कुनै न कुनैरूपले राज्यविरुद्ध आन्दोलन गरिरहेका छन्। राज्यबाट अधिकारविहीन भइरहेकै बेला थारूको आस्थामाथि प्रहार गर्ने काम भएको छ। दाङ देउखुरीको गढवा गाउँपालिका-३ स्थित सिद्ध बाबा जंगलकुटीको अस्तित्व मेटाउने प्रयास भएको छ। वर्षौंदेखि सिद्ध बाबा जंगलकुटीको नामले चिनिने धरोहरको...

थारूवान

नवलपरासी (बर्दघाट सुस्तापूर्व)का थारू समुदाय परम्परागत भोदी खेल संरक्षणमा जुटेका छन्। यसका लागि जिल्लामा प्रतियोगिता समेत सञ्चालन गरिएको छ। श्रीथान कुमारवर्ती गुठीका उपाध्यक्ष पतिराम थनेतले अनत पर्वका अवसरमा थारू समुदायले खेल्ने भोदी खेल संरक्षणका लागि थारू युवा समूहबीच प्रतियोगिता सञ्चालन गरिएको बताए। ‘भोदी खेलमा एक समूहमा दश जना हुने...

थारूवान

थारु कल्याणकारिणी सभा चितवनको सभापतिमा पुनः ललितकुमार चौधरी निर्वाचित भएका छन्। प्रतिद्वन्द्वी झलक महतो (बिर्जा) र साजन कुमार महतोलाई पराजित गर्दै उनी दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन्।

थारूवान

टीकापुर घटना मुद्दा खेपिरहेका बाँकी चार पनि रिहा हुने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलाली कारागारमा रहेका ३ जना पोखरा सुधारगृहमा रहेका एक जना रिहा हुने भएका हुन्। उनीहरू आजै रिहा हुनेछन्। रिहा...

थारूवान

कैलालीको जानकी गाउँपालिका-६ जगतपुरका एक युवक दुई दिनदेखि बेपत्ता भएका छन्। स्थानीय जगतपुर सामुदायिक वनसँगै रहेको कर्णाली नदीमा माछा मार्न गएका ३५ वर्षीय चन्द्रप्रकाश चौधरी शनिबारदेखि बेपत्ता भएका हुन्। स्थानीय मोतिलाल चौधरीका अनुसार चौधरी शनिबार बिहान ३ बजे नै माछा मार्न कर्णाली नदीमा गएका थिए। साँझसम्म पनि घर नफर्किएपछि...

थारूवान

सुनसरीको इनरुवा नगरपालिका-३ की २३ वर्षीया निकिता चौधरीको श्रीमान् ३२ वर्षीय नागेन्द्र भगतले हत्या गरेको मृतकका आफन्तले आरोप लगाएका छन्। निकिताका भाई राकेश चौधरीले दाइजोका नाममा भिनाजु भगतले जानीजानी घाटी थिचेर दिदीको हत्या गरेको आरोप लगाएका छन्। दाइजोका विषयमा बीच विवाद भएपछि गएराति १० बजेको समयमा भगतले घरको सुत्ने...

थारूवान

थारू विद्यार्थी सभाको सभापतिमा बाराकी सुशीला चौधरी चयन भएका छन्। काठमाडौंमा भएको प्रथम महाधिवेशनबाट उनी सर्वसम्मत चयन भएका हुन्। त्यस्तै वरिष्ठ उपाध्यक्ष उदयपुरका सुमन कुमारी चौधरी, उपाध्यक्षमा सप्तरीका धर्मेन्द्रकुमार चौधरी, सर्लाहीकी नेहा पञ्जियार, महासचिवमा सप्तरीका सुबोधकुमार चौधरी, सचिवमा सप्तरीकी माया कुमारी चौधरी, प्रदुमन चौधरी र कोषाध्यक्षमा कैलालीका साजन चौधरी...

थारूवान