थारू समाचार
ट्रक दुर्घटनामा बाँकेका तीन जना थारूको मृत्यु
नेपालगञ्जबाट दैलेखका लागि ग्यास सिलिन्डर बोकेर आउँदै गरेको ट्रक आज बिहान दुर्घटना हुँदा चालकसहित तीनजनाको ज्यान गएको छ। आज विहान ९ बजेतिर भे १क २२०१ नंको ट्रक गुराँस गाउँपालिका-४ तालपोखरी मोडमा दुर्घटना भएको हो।
थारुवान संबाददाताचितवनको माडीमा रहेको माडी क्याम्पसको स्ववियू सभापतिमा एमाले निकटको अनेरास्ववियुका नेता राकेश चौधरी विजयी भएका छन्। आइतबार भएको मतदानमा चौधरीले नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, राप्रपाको विद्यार्थी संगठन र एकीकृत समाजवादीको अनेरास्ववियूसहितको गठवन्धनलाई १३ मतले पराजित गरेका हुन्।
थारुवान संबाददाताआठ दलीय गठबन्धनसँग नागरिक उन्मुक्ति पार्टीले प्रदेशहरूमा पावर सेयरिङ गर्नुपर्ने शर्त राखेको छ। पार्टीका संरक्षक रेशम चौधरीले सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिलेसमेत नेतृत्व गर्नुपर्ने शर्त राखेका छन्। वर्तमान नेतृत्वको सरकारमा दुई मन्त्रीसहित एक राज्यमन्त्री बनाउनुपर्ने उनको माग छ।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश