थारू समाचार

१० वर्षअघि सरकारसँग यसरी भएको थियो थरुहट आन्दोलनको मुद्दा लिने सहमति (पत्रसहित)

प्रहरीले बिहीबार पक्राउ गरेको प्रतिनिधिसभा सदस्य अरुण चौधरीको मुद्दा १० वर्ष पहिले नै फिर्ता लिने सहमति भइसकेको थियो। २०६९ जेठ १० गते नेपाल सरकारको वार्ता टोली र तत्कालीन थरुहट संघर्ष समितिबीच शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा भएको सहमतिमा आन्दोलनमा क्रममा लगाइएका सबै मुद्दा फिर्ता लिने सहमति भएको थियो।

थारुवान संबाददाता

बाँकेबाट बिहीबार दिउँसो पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई काठमाडौंबाट धनगढी लगिँदैछ। कैलाली प्रतिनिधि सभा क्षेत्र नं. २ बाट निर्वाचित सांसद चौधरीलाई २०६६ सालमा ट्याक्टरमा आगजनी गरेको घटनामा अदालतबाट दोषी ठहर गर्दै दिएको सजाय भुक्तानका लागि पक्राउ गरिएको थियो।

थारुवान संबाददाता

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद अरुण चौधरीको रिहाइ माग गर्दै सरकारलाई २४ घन्टे अल्टिमेटम दिएको छ। पार्टी प्रवक्ता दामोदर पण्डितले प्रेस विज्ञप्ति जारी गर्दै पक्राउको भर्त्सना गरेका छन्। थरुहट आन्दोलनकारी र सरकारबीच ३ भदौ २०६६ मा सबै प्रकारका मुद्दा खारेज गर्ने सम्झौता भएको स्मरण गराउँदै नागरिक उन्मुक्तिले...

थारुवान संबाददाता

थरुहट आन्दोलनको मुद्दामा नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी पक्राउ परेका छन्। ट्याक्टर जलाइएको आरोपमा कैलाली जिल्ला अदालतले ६ महिना सजाय तोकेको थियो। उनीमाथि ८ लाख बढी पैसा बिगो तिराउने फैसलासमेत भएको थियो।

थारुवान संबाददाता

प्रहरीले कैलाली-२ बाट निर्वाचित सांसद अरुण चौधरीलाई पक्राउ गरेको छ। जिल्ला अदालत कैलालीले ट्याक्टरमा आगो लगाएको आरोपमा ६ महिना कैद सजाय सुनाएको थियो। प्रहरीले चौधरीलाई बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो।

थारुवान संबाददाता

राना थारू भाषाको लोक कथा ‘सोरठ’की लेखिका लक्ष्मी रानालाई ‘थारू साहित्य पुरस्कार २०७९’ बाट सम्मान गरिने भएको छ। थारू लेखक संघ नेपाल धनगढी कैलालीले रानालाई सम्मान गर्ने भएको हो । उनलाई यही माघ २० गते देखि २२ गतेसम्म राप्तीसोनारीको सिढन्वामा हुने ७औं राष्ट्रिय थारू साहित्य सम्मेलनमा सम्मान गर्ने संघका...

थारुवान संबाददाता

नेपाल पत्रकार महासंघ धनकुटाका सह-सचिव पूर्णकुमार चौधरीको निधन भएको छ। उपचारको क्रममा गएराती करिव १ बजे धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो।

थारुवान संबाददाता

संघीयता कार्यान्वयनको महत्वपूर्ण खुड्किलो मानिएको संघीय निजामति ऐनबारे कुटनीतिक वृत्तबाट समेत चासो व्यक्त भएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँगको शिष्टाचार भेटका क्रममा विभिन्न ३ देशका राजदूतहरुले संघीय निजामत ऐनबारे चासो व्यक्त गरेका हुन्।

थारुवान संबाददाता

प्रतिनिधिसभा सांसद रञ्जिता श्रेष्ठ चौधरीले थारु राजबन्दीको बारेमा छानबिन गरिएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छन्। प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै निर्दोष थारुहरूलाई राज्यले अनाहकमा थुनेको आरोप लगाउँदै रेशम चौधरीलाई रिहा गर्न माग गर्नसमेत माग गरेकी छन्।

थारुवान संबाददाता

नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले प्रतिनिधिसभा बैठकमा देखिएको प्रस्तुतिले लोकतन्त्रिक व्यवस्थामाथि खतरा महसुस देखिएको बताएका छन्। तर, उनले राजतन्त्र र हिन्दू राज्य पुनःस्थापना नहुने जिकिर गरे।

थारुवान संबाददाता