थारू समाचार
टिकापुर घटनामा सिताराम र गंगारामले पाए सफाइ
२०७२ सालमा कैलालीको टिकापुरमा भएको हत्याकाण्डमा प्रतिवादीमध्येका दुई जना सिताराम चौधरी र गंगाराम चौधरीले सर्वोच्च अदालतबाट सफाइ पाएका छन्। सर्वोच्च अदालतका न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले दुई जनाले सफाइ पाउने फैसला गरेको हो।
थारुवान संबाददातासरकारले टिकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका रेशम चौधरीको मुद्दा फिर्ता लिने गरी कानुन बनाउने तयारी गरेको छ। त्यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले केही नेपाल ऐन संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता गरेको छ। कानुन मन्त्रालयका अधिकारीहरुका अनुसार हिंसात्मक क्रियाकलाप गरिरहेका राजनीतिक समूहलाई शान्तिपूर्ण राजनीतिमा...
थारुवान संबाददातालुम्बिनी विकास कोषसँग लुम्बिनी परिसरमा रहेको चिनियाँ गुम्बाले दीप प्रज्वलनको अनुमति लिएर सिंगो मायादेवी मन्दिर परिसरमा कब्जा जमाएको छ। बिहीबार केही समयका लागि दीप प्रज्वलनको अनुमति पाएको चिनियाँ गुम्बाले सिंगो मायादेवी मन्दिर नै छेकिने गरी स्टेज र बोर्ड राखेको छ। यस्तै परिसरमा सयौंको संख्यामा रहेका चिनियाँहरूको चहलपहल भइरहेको छ।...
थारुवान संबाददातालुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मङ्गलबार विश्वासको मत लिनुहुने भएको छ । यसअघि सोमबार विश्वासको मत लिने टुङ्गोमा पुग्नुभएका मुख्यमन्त्री चौधरी उक्त दिन अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्वजनिक बिदा परेकाले मङ्गलबार विश्वास लिन लाग्नु भएको प्रदेश सरकारका मन्त्री सन्तोष पाण्डेले जानकारी दिनुभयो ।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश