थारू समाचार

राजधानी कार्यान्वयनका लागि रोकिएको जग्गा फुकुवा भएपछि देउखुरीका थारूहरू खुसी

लुम्बिनी सरकारले प्रदेशको राजधानी क्षेत्रमा गरेको जग्गा रोक्का फुकुवा गरेको छ। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पूर्णरुपमा जग्गा रोकिराख्दा नागरिकको जनजीवनमासमेत असर पर्न थालेपछि जनताको हितको लागि केही सर्त राखेर राजधानी क्षेत्रको जग्गा फुकुवा गरिएको बताए। प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले राजधानी क्षेत्र राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका केही वडा, अर्घाखाँचीको सितगंगा नगरपालिका...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आम नागरिकहरूको समस्या समाधान गर्नका लागि सबै राजनीतिक दलका नेताहरूले ध्यान दिँदै तदारुकता देखाउनु पर्ने बताएका छन्। बुधबार कोहलपुरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै संरक्षक चौधरीले नागरिकहरूको समस्यालाई नजरअन्दाज गर्ने, थाती राख्ने मान्छे नेता नहुने तर्क गरे। ‘आम नागरिकहरूका समस्या के छन्? आवश्यकता...

थारूवान

मालपोत र नापीको सेवा प्रवाह बाँकेको कोहलपुरबाट समेत हुन थालेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले कोहलपुरमा मालपोत र नापी कार्यालयलको आज सेवा प्रवाह शुभारम्भ गरिन्। सेवा प्रवाह शुभारम्भ गर्दै मन्त्री चौधरीले कोहलपुरलगायत आसपासका क्षेत्रका नागरिक आफ्नो काम काज गराउनका लागि अब नेपालगञ्ज धाउनु नपर्ने...

थारूवान

खेलकुद क्षेत्रमा रहेर देशको नाम उचो राख्ने थारू खेलाडीहरू सम्मानित भएका छन्। कैलाली क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य अरुण कुमार चौधरीले विभिन्न खेलमार्फत् देशलाई योगदान गर्ने थारू समुदायका खेलाडीहरूलाई सम्मान गरेका हुन्। ललितपुरमा आयोजित कार्यक्रममा उनले जनप्रतिनिधिको नाताले खेलाडीहरूको हकहितका विषयमा सम्बन्धित निकायमा आवाज उठाउने बताए। अभावका बावजुद...

थारूवान

नवलपुर र चितवनका थारु समुदायले आज यमोसा पर्व मनाएका छन। नवलपुर र चितवनका मूल आदिवासी थारु समुदायले सांस्कृतिक र धार्मिक रुपमा मनाउँदै आएको मौलिक पर्व यमोसा अर्थात् पितृ औँसी धुमधामसँग मनाएका हुन्। लोप हुने अवस्थामा पुगेकाले ‘यमोसा’ पर्वलाई संरक्षण र प्रवर्द्धन गर्नका लागि यस वर्ष नवलपुर र चितवनका थारुहरुले...

थारूवान

नवराज मैनाली/नयाँ पत्रिकाबाट साभार सरकारी सेवाको भर्नामा थारू समुदायसहितलाई छुट्टै आरक्षण तोकेर भर्ना खुलाउन सर्वाेच्च अदालतले फैसला गरेको नौ महिनासम्म सरकारले प्रावधान नबनाउँदा यस वर्ष सुरक्षा निकाय, निजामती र संस्थामा भर्ना प्रक्रिया नै रोकिएको छ । सर्वोच्चले २४ माघ ०७९ मा थारूलाई स्वतन्त्र समुदायका रूपमा छुट्टै आरक्षणको व्यवस्था गर्न परमादेश...

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी बहुआयामिक व्यक्तित्वको धनी भएको बताएका छन्। प्रधानमन्त्री कार्यालयमा बुधबार उनीद्वारा लिखित धरातल किताब विमोचन गर्दै प्रधानमन्त्री दाहालले रेशमको प्रशंसा गरेका हुन्। ‘उहाँ बहुआयामिक व्यक्तित्वको धनी हुनुहुन्छ। मैले उहाँको क्षमता र प्रतिभाबारे उहाँ डिल्लीबजार जेलमा भेट हुँदा नै अनुभूत गरेको थिएँ।...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ। बुधबार विहान उनीहरूबीच भेटवार्ता भएको हो। पछिल्लो राजनीतिक अवस्थाबारे उनीहरूबीच छलफल भएको हो। संरक्षक चौधरीका अनुसार सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र संघीय सरकारमा आफ्ना मन्त्रीहरूले गरेका काम कारबाहीबारे प्रधानमन्त्री दाहालसँग समीक्षा गरेका थिए। यसैबीच रेशम चौधरीले...

थारूवान

नेकपा एमालेको भातृसंस्था नेपाल लोकतान्त्रिक थारु संघ लुम्बिनी प्रदेशको अध्यक्षमा जन्जिर चौधरी निर्वाचित भएका छन्। दाङमा सम्पन्न प्रथम अधिवेशनबाट उनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ। कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल, नेतृ शान्ता चौधरी, कोमल वलीलगायत सहभागी थिए। एमालेले प्रदेशगतरूपमा पनि थारू भातृसंस्था विस्तार गर्न थालेको छ। छिट्टै अन्य...

थारूवान

थारु कल्याणकारिणी सभा कतार च्याप्टरको आयोजनामा शुक्रबार दोहामा जितिया पर्व मनाइएको छ। दोहाको प्लाजा ग्राण्डमलस्थित वेलफ्यर रेस्टुरेन्टमा जितिया पर्व मनाइएको हो। जातीय पहिचानको संरक्षण, प्रवर्द्धन र शैक्षिक, आर्थिक र सामाजिक उत्थानको नारासहित थाकस कतार च्याप्टररले जितिया मनाएको हो। कतारमा रहेका थारु समुदायबीच एकता र थारु चाडपर्वलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन...

थारूवान