थारू समाचार
थारू कोटासम्बन्धी मुद्दाको बहस सकियो, सर्वोच्चले माघ २४ गते फैसला सुनाउने
थारू आरक्षणसम्बन्धी मुद्दाको बहस सकिएको छ। सर्वोच्च अदालतमा सोमबारदेखि सुरु भएको बहस आज सकिएको हो। सर्वोच्च अदालतले माघ २४ गते फैसला सुनाउने भएको छ। थारू कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरीले बहस सकिएको भन्दै सर्वोच्च अदालतले माघ २४ गते फैसला सुनाउने जानकारी दिए।
थारुवान संबाददाताकैलालीको टीकापुरमा ०७२ साल भदौ ७ गते भएको घटनासम्बन्धी मुद्दाको पेसी आजका लागि तोकिएको छ । सर्वोच्च अदालतमा पटक-पटक तोकिएको यसअघिका पेसी सारिएको थियो। सो मुद्दामा कैलाली जिल्ला अदालतले ११ र उच्च अदालतले आठजनालाई जन्मकैदको फैसला सुनाएको थियो। त्यसपछि रेशम चौधरी पक्षका कानुन व्यवसायीले सर्वोच्चमा पुनरावेदन निवेदन दिएका थिए।
थारुवान संबाददाताटीकापुर घटनासम्बन्धी मुद्दाको पेसी मंगलबार तोकिएको छ। सर्वोच्च अदालतले माघ १७ गतेका लागि पेसी तोकेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले माघ महिनाभित्रै थारूहरूलाई उपहार दिने वाचा गरेका छन्। सोही कारण १७ गते रेशम चौधरीसहित टीकापुर घटनाका राजबन्दीहरू छुट्ने कुरामा थारूहरू आशावादी रहेका छन्।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश