थारू समाचार
संसदमा अरुण चौधरीको प्रश्न- युवाहरूले भनिरहेका छन्, बारीमा जाउँ कि खाडीमा सरकार?
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरीले उत्पादनमुखी खेतीका लागि ५० प्रतिशतसम्म अनुदान दिनुपर्ने माग गरेका छन्। उनले आगामी बजेटमा किसानका लागि उत्पादनमुखी कामका लागि अनुदान दिनुपर्ने बताए।
थारुवान संबाददाताप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकापुर घटनामा संलग्नको आरोपमा जन्मकैदको सजाय सुनाइएका रेशमलाल चौधरीको विषय छिट्टै टुंगो लगउने बताएका छन् । बिहीबार प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले चौधरीलाई छुटाउने प्रयास गरिरहेको बताएका हुन् ।
थारुवान संबाददातानागरिक उन्मुक्ति पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै नेपाल बन्दसम्मको आन्दोलन घोषणा गरेको छ । रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सदर गरेको भोलिपल्ट बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक नगरे नेपालबन्दसम्मको आन्दोलन घोषणा गर्ने चेतावनी...
थारुवान संबाददाताटीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार गर्नुको विकल्प नभएको बताएका छन्। सर्वोच्चले मंगलबार मात्र रेशमलाई जन्मकैद गर्ने उच्च अदालत, दिपायलको फैसला सदर गरेको थियो। यसबारे आफ्नो धारणा सार्वजनिक गर्दै रेशमले फैसलाले आफ्ना लागि न्यायिक नभए पनि स्वीकार गर्नुको विकल्प नभएको बताएका छन्।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश