थारू समाचार

पर्सा ४(क) मा कांग्रेसका शंकर चौधरी दोस्रोपटक विजयी

पर्सामा नेपाली कांग्रेसले लगातार दोस्रो जित हात पारेको छ। पर्सा क्षेत्र नम्बर ४ (क) को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार शंकर चौधरी निर्वाचित भएका हुन्। मगणनाको अन्तिम परिणाम अनुसार निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जय प्रकाश थारुलाई

थारुवान संबाददाता

प्रतिनिधिसभा सदस्य बर्दिया क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार ठाकुरसिंह थारुले अग्रता कायमै राखेका छन्। बाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार संजयकुमार गौतमलाई ७ सय ६१ मतले पछि पार्दै थारु अग्रस्थानमा छन्।

थारुवान संबाददाता

प्रतिनिधिसभा सदस्य बर्दिया क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार लालविर चौधरी अग्रस्थानमा छन्। चौधरीले २१ हजार ५६४ मतसहित अग्रता लिएका छन्। माओवादीका सुरेश पन्थले १५ हजार ३०३ मत प्राप्त गरेका छन्। बर्दिया प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा गणना गरिएको ५६ हजार ७८७ मत गणना भइसकेको छ।

थारुवान संबाददाता

नवलपरासी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकमा राप्रपाले अग्रता लिएको छ । दुवै क्षेत्रमा दोस्रोमा नागरिक उन्मुक्ति पार्टी छ । तेस्रोमा नेपाली कांग्रेस रहेको छ । प्रदेशसभातर्फ राप्रपाको ३ हजार ७१२ मत छ ।

थारुवान संबाददाता

कैलाली क्षेत्र नम्बर ३ बाट नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा सदस्यमा खाता खोलेको छ। उक्त क्षेत्रबाट उक्त पार्टीका गंगाराम चौधरी २३ हजार १२० मतसहित विजयी भएका हुन्। नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी १७ हजार ७४९ मतसहित निकटतम् प्रतिद्वन्द्वीमा सीमित भएका छन्। उनी सत्ता गठबन्धनका उम्मेदवार हुन्।

थारुवान संबाददाता

प्रमुख राजनीतिक दलका थारू नेताहरू प्रतिनिधिसभातर्फको मतगणनामा पछि परेका छन्। नेपाली कांग्रेस र नेकपा एमालेका थारू नेताहरू मतगणनामा पछि परेका हुन्। कांग्रेसका विजय कुमार गच्छदार सुनसरी ३, पदमनारायण चौधरी सिरहा १, उमाकान्त चौधरी बारा १, सुरेन्द्र चौधरी पर्सा ३ र रामजनम चौधरी कैलाली १ मा पछि परेका छन्।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीले कैलालीको ३ वटा र बर्दियाको दुई वटा क्षेत्रमा अग्रता लिएको छ। कैलाली क्षेत्र नं ३ मा नागरिक उन्मुक्तिका गंगाराम चौधरी विजय नजिक पुगेका छन्। उनी २० हजार २३४ मतहसति अग्रस्थानमा छन्। उनका प्रतिद्वन्द्वी माओवादीका कृष्णकुमार चौधरीले १४ हजार ९४६ मत पाउँदा एमालेका गौरीशंकर चौधरीले ८ हजार...

थारुवान संबाददाता

प्रमुख राजनीतिक दलबाट दुई जना थारू नेताले मतगणनामा अग्रता लिएका छन्। नेपाली कांग्रेसका नेता एवं सप्तरी क्षेत्र नं ४ का उम्मेदवार तेजुलाल चौधरी १४१२ मतसहित अग्रस्थानमा छन्। दोस्रोस्थानमा जसपाका बालकिशोर यादवले ७८४ मत पाएका छन्।

थारुवान संबाददाता

बर्दिया क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेको स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले ३४३६ मतसहित अग्रता लिएका छन्। दोस्रोमा माओवादी उम्मेदवार सुरेश पन्थ १९१० मत ल्याएका छन् भने तेस्रोमा एमालेका पंकजसिंह राठौरले १००२ मत ल्याएका छन्।

थारुवान संबाददाता

सप्तरी क्षेत्र नं १ मा नेपाली कांग्रेसका तेजुलाल चौधरीले सुरुवाती अग्रता लिएका छन्। चौधरीले १२३ मतसहित अग्रता लिएका हुन्। त्यस्तै दोस्रोमा जनमत पार्टीका सुकदेवप्रसाद साहले १०२ मत र तेस्रोमा जनता समाजवादी पार्टीका बालकिशोर यादवले १०१ मत ल्याएका छन्।

थारुवान संबाददाता