थारू समाचार
लुम्बिनी प्रदेशमा सरकार बनाउन रेशम चौधरी फकाउँदै दलहरू
निर्वाचनको मतपरिणामअनुसार लुम्बिनी प्रदेशमा नेकपा एमाले पहिलो दल बनेको छ। उसले १८ सिट जित्दा नेपाली कांग्रेस १७ सिटसहित दोस्रो स्थानमा छ। माओवादी केन्द्र ५ सिट जितेर तेस्रो स्थानमा आउँदा बाँकी जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातान्त्रिक पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी
थारुवान संबाददातासर्वोच्च अदालतले थारु समुदायका व्यक्तिहरूका लागि निजामती तथा सरकारी सेवाका प्रत्येक विज्ञापनमा ६.६ प्रतिशत आरक्षण छुट्याउन यसअघि दिएको अन्तरिम आदेश रद्द गरेको छ। यसअघि सर्वोच्च अदालतले सरकारी सेवामा पदपूर्ति गर्दा ६.६ प्रतिशत सिट थारु समुदायका व्यक्तिहरूका लागि छुट्याएर राख्न भन्दै अन्तरिम आदेश जारी गरेको थियो।
थारुवान संबाददाताथारू कल्याणकारिणी सभा युएईले आयोजना गर्ने माघी महोत्सवमा थारू कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरी दुबई जाने भएका छन्। संस्थाको वार्षिक साधारणसभासमेत रहेकाले थाकस युएईले माउसंस्थाबाट महामन्त्री चौधरीलाई अतिथिको रुपमा निमन्त्रणा गरेको कार्यक्रम संयोजक लालबहादुर चौधरीले जानकारी दिए।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश