थारू समाचार

कैलाली २ मा नागरिक उन्मुक्तिको शानदार कम्ब्याक, संघमा अरुण र प्रदेशमा रामेश्वर चौधरी विजयी

कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी विजयी भएका छन्। चौधरीले २१ हजार आठ सय ७१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केन्द्रीय सदस्य झपटबहादुर रावलले १६ हजार एक सय २८ मत प्राप्त गरे।

थारुवान संबाददाता

बारा क्षेत्र नं. १(१) को प्रदेशसभा सदस्यमा त्रिलोकी चौधरी पुनः निर्वाचित भएका छन्। चौधरी दुई हजार पाँच सय २८ मतको फराकिलो मतान्तरले निर्वाचित भएका हुन्। चौधरीले १६ हजार सात सय ९८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार रमेश दंगालले १४ हजार दुई सय ७० मत प्राप्त गरेका छन्।

नागेन्द्र चौधरी

मोरङ ४ बाट फेरि नेकपा माओवादी केन्द्रका अमनलाल मोदी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। एमाले उम्मेदवार विनोदकुमार ढकाललाई हराउँदै उनी सांसदमा निर्वाचित भएका हुन्। मोदीले ३० हजार ६१२ मत ल्याए भने एमालेका ढकालले २४ हजार ४६३ मत पाए।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीले बर्दियाबाट प्रदेशसभातर्फ दुई क्षेत्रमा विजयी भएको छ। बर्दिया १(२) मा राजकुमार चौधरी निर्वाचित भएका हुन्। उनले नेकपा एमालेका भक्तबहादुर विकलाई १ हजार ४७ मतान्तरले पराजित गरे। उनले १३ हजार २३० मत ल्याउँदा विकले १२ हजार १८३ मत ल्याए।

थारुवान संबाददाता

बारा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट शेरबहादुर देउवा नेतृत्वको सरकारका खानेपानीमन्त्री उमाकान्त चौधरी पराजित भएका छन्। एमालेका अच्युतप्रसाद मैनालीले बहालवाला मन्त्रीलाई पराजित गरेका हुन्।

नागेन्द्र चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरी विजयी भएका छन्। दाङ क्षेत्र नं १ मा उनले एमालेकी शान्ता चौधरीलाई पराजित गरेका हुन्। अन्तिम मतपरिणामअनुसार मेटमणिले २६ हजार ५६३ मत ल्याएका छन् भने शान्ताले २१ हजार ४७९ मत ल्याएकी छन्। मेटमणिले ५ हजार ८४ मतान्तरले पराजित गरेका हुन्।

थारुवान संबाददाता

कैलाली क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ। सो पार्टीका उम्मेदवार अरुण चौधरीले १४३५ मतान्तरसहित अग्रता लिएका हुन्। ३५ हजार मत गन्दा चौधरीले ११ हजार १४२ मत ल्याएका छन् भने एमाले उम्मेदवार झपटबहादुर रावल ९ हजार ७०७ मतसहित दोस्रो स्थानमा छन्।

थारुवान संबाददाता

दाङ क्षेत्र नम्बर १ क बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार इन्द्रजीत थारु निर्वाचित भएका छन्। सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका थारुले नेकपा एमालेका उम्मेदवार गंगाराम भट्टराईलाई पराजित गरेका हुन्।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीकापुरबासीको आवाज बन्ने बताएकी छन्। कैलाली क्षेत्र नं १ बाट भारी मतान्तरले विजयी भएकी उनले आफ्नो जितलाई पति रेशम चौधरी र टीकापुर राजबन्दीहरुप्रति समर्पण गरिन्।

थारुवान संबाददाता

प्रदेशसभा सदस्य बर्दिया क्षेत्र नम्बर २ (२) मा नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विजयी भएका छन्। वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का मानबहादुर थारुलाई ९ हजार १४३ मतान्तरले हराउँदै चौधरी विजयी भएका हुन्।

थारुवान संबाददाता