थारू समाचार

द्वारिकलाल चौधरी भन्छन्- केपी ओलीसँग चुनाव लड्न मन छ

एमालेबाट हालै माओवादी प्रवेश गरेका इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरीले केपी ओलीसँग चुनाव लड्न आफू तयार रहेको बताएका छन्। सञ्चारमाध्यमसँगको कुराकानीमा उनले ओलीको अहंकारलाई धुलिसात गर्नुपर्ने बताए।

थारुवान संबाददाता

रुपन्देहीमा कारले स्कुटरलाई ठक्कर दिंदा २१ वर्षीया झरना चौधरीको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार साँझ रुपन्देहीको धकधइमा दुर्घटनामा परी उनको ज्यान गएको हो ।

थारुवान संबाददाता

नेपाली कांग्रेसको समानुपातिक सूचीतर्फ ७ जना थारूको नाम परेको छ। निर्वाचन आयोगमा बुझाएको अन्तिम नामावलीअनुसार थारू कलस्टरमा महिलातर्फ ४ जना र पुरुषतर्फ ३ जना परेका छन्।

थारुवान संबाददाता

पश्चिम तराईमा बसोबास रहेको थारू समुदायको दसैँ अन्य समुदायको भन्दा पृथक छ। अन्य समुदायले बडादसैँको पहिलो दिन घटस्थापनामा जौको जमरा राख्छन् तर यो समुदायले घटस्थापनाको दोस्रो दिन मकैको जमरा राख्ने प्रचलन छ।

थारुवान संबाददाता

दसैँका अवसरमा देखाइने सखिया नृत्यको मौलिकता खस्किँदै जान थालेकामा थारु अगुवा चिन्तित छन्। सखिया नृत्य गर्ने महिलाले देखाउने खोट, पैंयासँगै परम्परागत गीतमा आधुनिकताले प्रवेश पाएको छ।

थारुवान संबाददाता

थारू समुदायले नवमीको दिन आज मुर्गा पुज्ना दिन (मुर्गा पुज्ने दिनं) का रुपमा मनाएका छन्। बिहानै नदी तलाउमा नुहाएर शुद्ध भई थारु समुदायले पितृको सम्झना गर्दै देउथानमा बत्ति बालेर मुर्गा पुजेका हुन्।

थारुवान संबाददाता

धनगढीमा भएको ‘सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता’को उपाधि लुम्बिनी प्रदेशले जितेको छ। शनिबार साँझ धनगढी रङ्गशालामा भएको फाइनल खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई सडनडेथमा पराजित गर्दै उपाधि जितेको हो। लुम्बिनीले कर्णालीलाई सडनडेथमा १०-९ गोलले हराएको हो। यसअघि निर्धारित समयमा दुवै टोलीले एक-एकको बराबरी खेलेका थिए। दुवै टोलीले आत्मघाति...

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा एवं प्रदेशसभाको टिकट मंगलबारसम्म टुंगो लगाउने भएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले असोज १८ गतेभित्र सबै उम्मेदवारको टुंगो लाग्ने जानकारी दिइन्।

थारुवान संबाददाता

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको अधिकतम हद (सीमा) तोकेको छ।

थारुवान संबाददाता

देउखुरी निसराउ समूह काठमाडौंले दाङको देउखुरीमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। शनिबार गढवा गाउँपालिका-५ स्थित श्रीमाबि चैनपुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना भएको हो।

थारुवान संबाददाता