थारू समाचार

कैलाली ३ मा नागरिक उन्मुक्तिको क्लीन स्वीप, प्रदेशको दुवै सिटमा विजयी

नागरिक उन्मुक्ति पार्टीले कैलाली क्षेत्र नं‌ ३ मा क्लीन स्वीप गरेको छ। प्रनिधिसभातर्फ गंगा चौधरी विजयी हुँदा बुधबार अन्तिम मतपरिणामअनुसार सुदुरपश्चिम प्रदेशसभातर्फ दुवै क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ।

थारुवान संबाददाता

माओवादीका युवा नेता अमनलाल मोदीले झन्डै दोब्बर मतले अग्रता लिएका छन्। मोरङ क्षेत्र नं ४ मा उनले १९ हजार १३७ मतसहित अग्रता लिएका हुन्। दोस्रोमा एमाले रहेका छन्। एमालेका विनोदप्रसाद ढकाल १० हजार १९५ मत पाउँदै राप्रपाका रवि रिजालले १ हजार ११९ मत ल्याएका छन्।

थारुवान संबाददाता

सप्तरी क्षेत्र नं १ (१) मा एमालेका उम्मेदवार राजकुमार लेखीले अग्रता लिएका छन्। उनले ३२५१ मतसहित अग्रस्थानमा छन्। दोस्रोमा माओवादी केन्द्रका बेचनप्रसाद चौधरी रहेका छन्। उनले ३११२ मत पाएका छन्।

थारुवान संबाददाता

बारामा प्रतिनिधिसभातर्फका थारु उम्मेदवार उमाकान्त चौधरी करिब ४ हजार मतले पछि परेका छन्। खानेपानी मन्त्रीसमेत रहेका उनी एमालेका अच्युतप्रसाद मैनालीसँग पछि परेका हुन्। मैनालीले १८ हजार ४ सय मत ल्याउँदा चौधरीले १४ हजार ८३० मत ल्याएका छन्।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले मतान्तर बढाउँदै लगेकी छन्। कैलाली क्षेत्र नं १ मा उनले पछिल्लो मतपरिणामअनुसार १४ हजार ९१४ मत पाएकी छन्। कांग्रेसका रामजनम चौधरी ८ हजार ८५२ मतसहित दोस्रो स्थानमा छन्।

थारुवान संबाददाता

कैलाली क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता बढाएको छ। सो पार्टीका उम्मेदवार अरुण चौधरीले ३६०९ मतसहित अग्रता लिएका छन्। दोस्रोमा माओवादीका भगत बडुवालले २३४६ मत पाएका छन् भने तेस्रोमा झपटबहादुर रावलले २०६९ मत पाएका छन्।

थारुवान संबाददाता

सुनसरी क्षेत्र नम्बर ३ मा एमालेले अग्रता लिएको छ। क्षेत्र ३ मा नेकपा एमालेकी भगवती चौधरीले रास्वपाका कमलबाबु मैनालीलाई पछि पारेकी छन्। चौधरीले १६४६ मत ल्याउँदा मैनालीले १२६६ मत ल्याएका छन्। कांग्रेसका विजयकुमार गच्छदार रास्वपाका मैनालीभन्दा पछाडि परेका छन्। उनले १०३२ मत ल्याएका छन्।

थारुवान संबाददाता

पर्सामा नेपाली कांग्रेसले लगातार दोस्रो जित हात पारेको छ। पर्सा क्षेत्र नम्बर ४ (क) को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार शंकर चौधरी निर्वाचित भएका हुन्। मगणनाको अन्तिम परिणाम अनुसार निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जय प्रकाश थारुलाई

थारुवान संबाददाता

प्रतिनिधिसभा सदस्य बर्दिया क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार ठाकुरसिंह थारुले अग्रता कायमै राखेका छन्। बाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार संजयकुमार गौतमलाई ७ सय ६१ मतले पछि पार्दै थारु अग्रस्थानमा छन्।

थारुवान संबाददाता

प्रतिनिधिसभा सदस्य बर्दिया क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार लालविर चौधरी अग्रस्थानमा छन्। चौधरीले २१ हजार ५६४ मतसहित अग्रता लिएका छन्। माओवादीका सुरेश पन्थले १५ हजार ३०३ मत प्राप्त गरेका छन्। बर्दिया प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा गणना गरिएको ५६ हजार ७८७ मत गणना भइसकेको छ।

थारुवान संबाददाता