थारू समाचार
काठमाडौंमा मंगलबार गुरही पर्व मनाइने
काठमाडौंमा बस्ने थारुहरुले मंगलबार गुरही पर्व मनाउने भएका छन्। विभिन्न थारु संघसंस्थाको संयुक्त आयोजनामा भृकुटीमण्डपमा गुरही पर्व मनाउने निर्णय भएको बर्दियाली थारु विकास मञ्चका अध्यक्ष सीताराम चौधरीले जानकारी दिए।
थारुवान संबाददाताथारु पत्रकार संघ नेपालले रिक्त रहेको उपाध्यक्ष र केन्द्रीय सदस्य पदमा मनोनीत गरेको छ। शनिबार काठमाडौंमा बसेको संघ पूर्ण केन्द्रीय समिति बैठकले सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा प्रेम चौधरी, कर्णाली प्रदेश उपाध्यक्षमा मानबहादुर पन्ना र गण्डकी प्रदेश उपाध्यक्षमा जीत नारायण थनेतलाई मनोनीत गरेको हो।
थारुवान संबाददातापूर्वमन्त्री एवं नेपाली कांग्रेस पर्साका पूर्व जिल्ला सभापति सुरेन्द्रप्रसाद चौधरीले समाज परिवर्तनका लागि अब खोज पत्रकारिता आवश्यकता रहेको बताएका छन्। थारू पत्रकार संघ नेपाल जिल्ला कार्यसमिति पर्साले सञ्चालनमा ल्याएका थारुएक्स्प्रेस डटकमको उद्घाटन गर्दै उनले थारू समुदायमा देखा परेको विकृति, विसंगतिलाई चिर्न खोज पत्रकारिताको आवश्यकता रहेको बताए।
नागेन्द्र चौधरीडायनामाइट फुटबल क्लबले सीक्स एक साइड थारु फुट्सल प्रतियोगिता आयोजना गरेको छ। शनिबार सम्पन्न प्रतियोगितामा थारु बोयजले उपाधि जितेको छ। उसले डायनामाइटलाई हराउँदै उपाधि जितेको हो। विजेता थारु बोयजले ५१ हजार नगर राशि र ट्रफी जिते भने दोस्रो हुने डायनामाइटले २६ हजार दगद र ट्रफी जितेको थियो।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश