थारू समाचार

ग्रिजादेवी थारूले पतिको हत्या गरेपछि खुल्यो राज

रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी एक महिलाले परपुरुषसँगको सम्बन्ध लुकाउन श्रीमानको हत्या गरेकी छन्। रुपन्देही प्रहरीका अनुसार तिलोत्तमा नगरपालिका-१५ सखुवानीकी ग्रिजादेवी थारुले श्रीमान जगदीश चौधरीको हत्या गरेकी हुन्।

थारुवान संबाददाता

मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि गठबन्धन दलहरुबीच सिट बाँडफाँटमा आंशिक सहमति जुटाएका छन्। १६५ मध्ये ११० मा सिट बाँडफाँट भइसकेको एक नेताले जानकारी दिए। जसअनुसार कांग्रेसको भागमा ६८, माओवादीको भागमा २६, जसपाको भागमा ९ र एकीकृत समाजवादीको भाग ७ सिटको टुंगो लागेको छ। सहमतिअनुसार मोरङ ४ मा...

थारुवान संबाददाता

नेपाली कांग्रेसले समानुपातिक उम्मेदवार बन्न मापदण्ड तयार गरेको छ। पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वमा बुधबार बसेको बैठकले चार वटा मापदण्ड तयार पारेको हो। हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्ति प्रतिनिधिसभा र प्रदेश सभाको समानुपातिक तर्फको उम्मेदवार बन्न नपाउने मापदण्ड तय गरिएको छ।

थारुवान संबाददाता

नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाराले पार्टीका सहमहामन्त्री एवम् खानेपानी मन्त्री उमाकान्त चौधरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको छ।

थारुवान संबाददाता

थारू कल्याणकारीणी सभा (थाकस) बारामा तालाबन्दी गरिएको छ। पदाधिकारीहरुले अनियमितता गरेको भन्दै थारू समुदायका अगुवाहरुले कलैयास्थित थाकसको भवनमा तालाबन्दी गरेका हुन्।

दुष्यन्त चौधरी

डिल्लीबजारस्थित सदर जेलमा रहेका रेशम चौधरीको दिनचर्या यतिबेला नेता-कार्यकर्ताहरुलाई भेट्दै बित्छ। नेता-कार्यकर्ताहरुले नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्नेदेखि टिकटका लागिसमेत जेल आउने गरेको उनी बताउँछन्।

थारुवान संबाददाता

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि राजनीतिक दलहरूले असोज २ र ३ गते समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्दैछन्। त्यसका लागि निर्वाचनमा भाग सहभागी हुने दलहरुले धमाधम समानुपातिक सिफारिस माग गरिरहेका छन्।

थारुवान संबाददाता

खरले छाएको छानो, माटोले लिपपोत गरेको काठले बनाएको आकर्षक घर रानाथारु समुदायको पहिचान हो । आजभोलि यस्ता घर कमै देख्न पाइन्छ । बद्लिँदो परिवेशसँगै पक्की घर निर्मार्ण हुन थालेपछि रानाथारु समुदायका परम्परागत घरहरु समेत हराउँदै गएका छन् ।

थारुवान संबाददाता

रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीको चर्चा यतिबेला देशभरि छ। स्थानीय तह निर्वाचनमा कैलालीको चार पालिका जित्दै ठूलो दल बनेपछि आम निर्वाचनमा यो पार्टीले कस्तो मतपरिणाम ल्याउँला भन्ने चर्चा सर्वत्र रहेको छ।

थारुवान संबाददाता

वीरगन्जकाे प्रभु हस्पिटलमा एक महिलाले तीन जना शिशुको जन्म दिएकी छन्। पर्सागढी नगरपलिका वडा नंबर ९ का वृज चौधरी थारुकी पत्नी ललिता देवी थरुनीले ३ जना बच्चाको जन्म दिएकी अस्पतालले जनाएको छ।

थारुवान संबाददाता