थारू समाचार
एमाले महाधिवेशनमा थारु कोटाबाट पनि प्रतिनिधि छानिने, यस्तो बनाइँदैछ प्रावधान
नेकपा एमालेले देशभरका ७ लाख २१ हजार पार्टी सदस्यबाट दशौं राष्ट्रिय महाधिवेशनका लागि १५ सय ३६ प्रतिनिधि छान्ने भएको छ। तीमध्ये ५१ प्रतिशत समावेशी कोटाबाट आउनेछन् भने ३९ प्रतिशत खुला प्रतिस्पर्धाबाट आउने प्रवक्ता प्रदिप ज्ञवालीले बताए।
थारुवान संबाददातानेकपा एमालेको आसन्न राष्ट्रिय महाधिवेशन अन्तर्गत दाङमा भएको पालिका स्तरीय अधिवेशनमा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गरिएको छ । मगंलबार एकै पटक देशभर सुरु एमाले पालिका स्तरीय अधिवेशनमा दाङमा आकाङ्क्षीहरू धेरै भए पनि राति अबेरसम्म सर्वसम्मत गराएको दाङ जिल्ला सचिव मनोहर बुढाथोकीले जानकारी दिएका छन् ।
थारुवान संबाददाताबाँकेमा राप्ती नदीको पुलबाट हाम फालेर एक महिलाले आत्महत्या गरेकी छन् । बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेका अनुसार, राप्ती सोनारी गाउँपालिका–३ की २० वर्षीया दिपा थारु नदीमा हाम फालेकी हुन् । श्रीमान जोगिराम थारुसँग विवाद भएपछि दीपा रातको २ बजे राप्ती नदीमा हाम फालेर आत्महत्या गरेकी हुन्।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश