थारू समाचार
कान्तिपुर दैनिकको जागिर छाडेर रेशम चौधरीको पार्टीबाट अध्यक्षको उम्मेदवारी दिँदै गणेश
दुई दसक बढी पत्रकारितामा सक्रिय रहेका कैलाली टीकापुरका गणेश चौधरी राजनीतिमा होम्मिने भएका छन्। उनले टीकापुरसँगै रहेको जानकी गाउँपालिकामा अध्यक्ष पदमा उम्मेदवारी दिँदैछन्। उनले रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिन लागेका हुन्।
मदन चौधरीनेपाली कांग्रेस कञ्चनपुरका सहसचिव पुस्कल चौधरी नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन्। उनी बेलौरी नगरपालिका-२ को वडा कार्यसमिति सचिव हरिराम जोशीसहित माओवादी प्रवेश गरेका हुन्। कैलालीको गौरीगंगा नगरपालिकामा बिहीबार आयोजित कार्यक्रममा सहसचिव चौधरीले कांग्रेस परित्याग गर्दै माओवादी प्रवेश गरेका हुन्।
थारुवान संबाददाताथारु कल्याणकारिणी सभा कैलालीका सभापति लाहुराम चौधरीको दुःखद अवसान भएको छ। गत ३ वैशाखमा धनगढीको मिलनचौकमा उनी दुर्घटनामा परेका थिए। तरकारी किन्न हिँडेका सभापति चौधरीलाई मोटसाइकलले ठक्कर दिएको थियो। उनलाई तत्कालै मायामेत्रो अस्पताल पुर्यााइएको थियो। गम्भीर चोटका कारण आइसियुमा भर्ना भएका उनको मंगलबार निधन भएको थाकस कैलालीका उपसभापति माधव...
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश