थारू समाचार

कपिलवस्तुमा ट्र्याक्टर पल्टियो, शिवकुमारी र फुलकुमारी थारूको मृत्यु

कपिलवस्तुमा ट्र्याक्टर पल्टिँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ। जिल्लाको बुद्धभूमि नगरपालिका-३ रनगाईमा लु४त २४०२ नंको ट्र्याक्टर आज बिहान दुर्घटना भएको थियो। बालुवा लोड गर्न मजदुर लिएर हिँडेको ट्र्याक्टर सडकदेखि करिब २० मिटर तल खसेको थियो।

थारुवान संबाददाता

निलम्बित सांसद रेशम चौधरीले ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका छन्। सोमबार चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको अध्‍यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका हुन्।

थारुवान संबाददाता

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट १२ जना थारु नेताहरु केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। त्यसमध्ये ३ जना खुलाबाट र ९ जना थारु कोटाबाट केन्द्रीय सदस्यमा बनेका हुन्। खुलातर्फ नेपबहादुर चौधरी, इन्द्रजीत थारु र वीरमान चौधरी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

थारुवान संबाददाता

माओवादी केन्द्रको जारी महाधिवेशनमा समानुपातिक समावेशिताको सिद्धान्तअनुरुप नयाँ कार्यसमिति चयन हुने भएको छ। निर्वाचन आयोगले विभिन्न कोटामार्फत् केन्द्रीय सदस्य चुनिने जानकारी दिएको छ। आयोगका अनुसार खस आर्यतर्फ १२ जना पुरुष, ३ जना युवा पुरुष, २४ जना महिला र ६ जना युवा महिला गरी ४५ जना निर्वाचित हुनेछन्। त्यस्तै दलिततर्फ...

थारुवान संबाददाता

काठमाडौंमा दुई वर्षपछि माघी महोत्सव आयोजना हुने भएको छ। थारु कल्याणकारिणी सभासहित विभिन्न जातीय संस्थाहरुको सहकार्यमा माघ १ गते माघी महोत्सव आयोजना हुन लागेको हो। माघी महोत्सव मनाउनका लागि आज मूल आयोजक समिति गठन गरिएको छ।

थारुवान संबाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेलसहित १० जना नेतालाई केन्द्री कार्यसमिति सदस्यमा मनोनित गरेका छन्। विधानले दिएको अधिकार प्रयोग गरि देउवाले सभापतिमा पहलो चरण प्रतिस्पर्धा गरेर दोस्रो चरणमा आफूलाई समर्थन जनाएका विमलेन्द्र निधी र प्रकाशमान सिंहलाई पनि मनोनित गरेका छन्।

थारुवान संबाददाता

छैटौं थारु राष्ट्रिय साहित्य सम्मेलन कृष्णपुर नगरपालिका-६ सिंहपुरमा आयोजना गरिने भएको छ। आगामी फागुनको १२, १३ र १४ गते साहित्य सम्मेलन आयोजना हुन लागेको हो। सम्मेलन आयोजना गर्न संयोजकको जिम्मेवारी समाजसेवी जोगराज चौधरीलाई दिइएको छ।

थारुवान संबाददाता

डिल्ली बजारस्थित जेलमा रहेका रेशम चौधरीले दल दर्ताका लागि आज निवेदन दिने भएका छन्। उनले आफ्नै नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ता गर्नका लागि निवेदन दिने भएका हुन्। उनी निकट नेताका अनुसार रेशम चौधरीले आफ्नै अध्यक्षतामा दल दर्ता गर्न सक्नेछन्।

थारुवान संबाददाता

थारु कल्याणकारिणी सभा (थाकस)ले समावेशी समानुपातिकको सिद्धान्तअनुसार विज्ञापन नखुलाएको भन्दै सरकारी निकायहरुविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएको छ। थाकसले नेपाल प्रहरी, नेपाल टेलिकम, नेपाल राष्ट्र बैंक र वाणिज्य बैंकविरुद्ध रिट दर्ता गराएको हो। थाकसको तर्फबाट अधिवक्ता श्रवण चौधरीले रिट दर्ता गरेको हो।

थारुवान संबाददाता

खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याउन सरकारले काम गरिरहेको बताएका छन्। मन्त्रालयअन्तर्गत नेपाल निजामती कर्मचारी युनियनको आठौँ अधिवेशनको उद्घाटनमा उनले काठमाडौँबासीलाई मेलम्चीको पानी खुवाउन चाँडोभन्दा चाँडो काम गर्न आफूले गृहकार्य गरिरहेको बताए।

थारुवान संबाददाता