थारू समाचार

राजकुमार लेखीसहित तीन जना थारु एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत

नेकपा एमालेले १०औँ महाधिवेशनका लागि १०६ जना महाधिवेशन प्रतिनिधि मनोनीत गरेको छ। बुधबार बसेको बैठकले हालै एमाले प्रवेश गरेका राजकुमार लेखी महाधिवेशन प्रतिनिधिमा मनोनीत भएका छन्। उनीबाहेक उदयपुरका महेश्नवरी चौधरी र कैलालीका ममता प्रसाद चौधरीलाई महाधिवेशन प्रतिनिधिमा मनोनीत गरिएको छ।

थारुवानन्युज

नेकपा एमालेले दसौं राष्ट्रिय महाधिवेशनका लागि विभिन्न देशका ६० वटा पार्टीका प्रतिनिधि आउने भएका छन्। दसौं महाधिवेशन अतिथि सत्कार कमिटीका संयोजक डा. राजन भट्टराईले ६० वटा अन्तर्राष्ट्रिय पार्टीलाई निमन्त्रणा दिएको जानकारी दिएका छन्।

थारुवान संबाददाता

निलम्बित सांसद रेशम चौधरी समर्थित नेता कार्यकर्ताहरुको भेला काठमाडौंमा हुने भएको छ। मंसिर ११ र १२ गते उक्त भेला ठमेलको एक होटलमा आयोजना हुने बताइएको छ।

थारुवान संबाददाता

उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरीका छोराको खोलामा डुबेर शनिबार दिउँसो ज्यान गएको छ। साथीसँग पिकनिक खान चौदन्डीगढी नगरपालिका-१० पुगेका ३० वर्षीय मनोज चौधरीको स्थानीय देबधार खोलामा डुबेर ज्यान गयको हो।

थारुवान संबाददाता

नेपाली कांग्रेस कैलालीले जिल्लाका सबै १३ स्थानीय तहको नेतृत्व चयन गरेको छ । ८ स्थानीय तहमा निर्वाचनमार्फत् र ५ मा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको हो।

थारुवान संबाददाता

उदयपुरमा दाजुबहिनीको प्रेमको प्रतीकका रूपमा मनाइने मौलिक पर्व समा चकेवाको रौनक छाएको छ । अहिले गाउँ–गाउँमा किशोरी समूह/समूह बनाएर समा चकेवा खेल्न थालेका छन् । उनीहरूले गोवद्र्धन पूजादेखि सामा चकेवा खेल्न थालेका हुन् ।

ईश्वर तामाङ/उदयपुर

पूर्वी नवलपरासीमा थारू समुदायको बाहुल्यता छ। थारू समुदायको आफ्नै मौलिक कला र संस्कृति छ। ती कला र संस्कृतिको जगेर्ना गर्न थारू समुदायका अगुवाले पहल गर्दै आएका छन्। यति गर्दागर्दै पनि उनीहरुको पुरानो मेडरी नाच लोप हुने अवस्थामा छ।

थारुवान संबाददाता

नेपालमा बिहीबारदेखि सुरु भएको १२औं राष्ट्रिय जनगणनामा थारु कल्याणकारिणी सभा (थाकस)ले थारुहरुको धर्ममा बौद्ध लेख्न आह्वान गरेको छ। उसले गत मंगलबार परिपत्र जारी गर्दै बौद्ध धर्म लेख्न आह्वान गरेको हो।

थारुवान संबाददाता

सप्तरीमा सहिद दिलिप स्मृति फुटबल प्रतियोगिता हुने भएको छ। सप्तरीको सप्तकोशी नगरपालिका-५ गंगाजलीको खेलमैदानमा कात्तिक २१ गतेदेखि प्रतियोगिता हुने आयोजकले जनाएको छ।

थारुवान संबाददाता

पश्चिम नवलपरासीमा थारु संग्रहालय बनाउनको लागि थारु मिलन केन्द्र भवन निमार्ण गरिएको छ। जिल्लाको सरावल गाउँपालिकाको वडा नं १ स्थित तुलसीनगरमा थारु संग्रहालय बनाउनको लागि थारु मिलन केन्द्र भवन निमार्ण गरिएको हो।

थारुवान संबाददाता