थारू समाचार
थारु सँस्कृतिविद् अशोक थारुलाई एक हजार अमेरिकी डलरको पुरस्कार
थारु सँस्कृतिविद् अशोक थारु एक हजार अमेरिकी डलर राशि रहेको पुरस्कारबाट सम्मानित भएका छन्। डा. गोविन्द आचार्य र अशोक थारुद्वारा लिखित ‘घोराहीको थारु प्रदर्शनकारी कला’ नामक खोजकृतिका लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टिज (बिओटी)ले उक्त पुरस्कार रकम प्रदान गरेको हो।
थारुवान संबाददातानेपाल प्रज्ञा प्रतिष्ठानले मातृभाषा राष्ट्रिय कविता महोत्सव २०७८ का लागि ४० भाषाका ४६ वटा कविता छनोट गरेको छ। अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२२ का अवसरमा ९ फागुनमा प्रतिष्ठानले आयोजना गर्न लागेको कविता महोत्सवको लागि कविता आह्वान गरेको थियो। थारुमा दाङका जुनु थारु र चितवनका सावित्री चौधरीको कविता परेको छ।
थारुवान संबाददातासर्वोच्च अदालतले थारु कल्याणकारिणी सभा (थाकस)ले दायर गरेको विज्ञापनसम्बन्धी रिटमा कारण देखाउ आदेश जारी गरेको छ। संविधानबमोजिम थारु समुदायलाई पनि कोटा उपलब्ध हुनुपर्ने माग गर्दै थाकसले लोकसेवा आयोगले प्रकाशित गरेको नायब सुब्बाको विज्ञापन, प्राविधकतर्फ इन्जिनियरिङको विज्ञापन, बागमी प्रदेश र कर्णाली प्रदेशले प्रकाशित गरेको सूचनाविरुद्ध रिट दाय गरेको थियो।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश