थारू समाचार

१६ वर्षीया क्रिष्टिला चौधरीको शव फेला, बलात्कारपछि हत्या भएको आशंका

८ दिन अघिदेखि हराएकी उदयपुर त्रियुगा नगरपालिका-६ की १६ वर्षीया क्रिष्टिला चौधरीको शव घरनजिकै मोहनपुर जंगलमा फेला परेको छ। उदयपुर जिल्ला प्रहरी प्रमुख शुभाषचन्द्र बोहोराले सडेको अवस्थामा शव फेला परेको जानकारी दिए।

थारुवान संबाददाता

देउखुरी मौरिघाटका धरमी प्रसाद चौधरी ३ मौजा जग्गा व्यवस्थापन गर्ने जिम्मा पाएका थिए। उनलाई तत्कालीन सरकारे जमिनदारी हक प्रदान गरिएको थियो। मुरली तथा शारदा शर्माका हजुरबुबा त्यतिखेर पहाडबाट डोकोमा फलफुल बेच्न तराई झरेर आफ्नो परिवार पाल्ने गर्थे।

थारुवान संबाददाता

जनता समाजवादी पार्टी (जसपा)ले महन्थ ठाकुरसहित १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाएको छ। यससँगै ठाकुरको जसपा अध्यक्ष पद पनि गएको छ। तटस्थ बसेका रेशम चौधरीको पद भने कायमै रहेको छ।

थारूवान

आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष एवं थारु नेता राजकुमार लेखीले नेपालका उच्च ओहोदाका व्यक्तिहरुले संघीयतालाई गलत व्यख्या गरिरहेको आरोप लगाएका छन्। उनले संघीयतालाई विखण्डनको संज्ञा दिएर आम नागरिकलाई दिग्भ्रमित पारेको बताए।

थारुवान संबाददाता

थारु समुदायको उत्‍थानका लागि संविधानले दिएको अधिकारबमोजिम थारु आयोगको गठन भएको छ। हालसालै थारु आयोगको पाँच सदस्यीय पदाधिकारीले पूर्णता पाएको थियो। जसको अध्यक्षमा विष्णु चौधरी र सदस्यहरुमा भोलाराम चौधरी, सुबोध सिंह थारु, डा. उमाशंकर प्रसाद चौधरी र शान्ती मोदी रहेका छन्।

थारुवान/काठमाडौं

ओली सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग देउवा सरकारले खारेज गरेको विरोधमा नेपाल भुमिहिन सुकुम्वासी संगठनले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संगठनकी अध्यक्ष शान्ता चौधरीले बिहीबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेकी हुन् ।

थारुवान संबाददाता

गत असार ३० गते राजापुर नगरपालिका वडा नं. २ जोतपुरमा विद्युतका कारण सिर्जित क्षतिको जोतपुर सम्बद्ध विभिन्न संघसंस्थाले क्षतिपूर्तिको माग गरेका छन्। आज दिउँसो दिउँसो १ बजे जोतपुर बरघरको नेतृत्वमा ३ लाख ४० हजार ६ सय १५ रुपैया बराबरको क्षतिपूर्ति माग गरिएको छ।

थारुवान संबाददाता

सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग र त्यसको देशभरका संरचना खारेज गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बाँड्न भन्दै चितवनका एमाले नुता देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरेको थियो।

थारुवान संबाददाता

‌बर्दियाको राजापुर नगरपालिकामा वर्तमान शैक्षिक अवस्था र संस्थागत विद्यालयका समस्याहरुको बारेमा छलफल गरिएको छ। नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा आज सामाजिक विकास समितिका संयोजक एवं वडा नं. ६ का वडाध्यक्ष महेश चौधरी र शिक्षा शाखाका प्रमुख दल बहादुर चौधरी तथा संस्थागत विद्यालयका सञ्चाललकको उपस्थितिमा छलफल गरिएको हो।

थारुवान संबाददाता

पूर्व पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिकामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

थारुवान संबाददाता