थारू समाचार

नाउपामा ट्वीस्ट- रञ्जिताले बास्तोलालाई सुम्पिइन् कार्यवाहक अध्यक्षको जिम्मेवारी

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरा निवासी शिव बास्तोलालाई दिएकी छन्। भ्रष्टाचारसम्बन्धी विवादस्पद अडियो प्रकरणमा मुछिएपछि रेशम चौधरीले पक्षले उनलाई जिम्मेवारीबाट हट्न दबाब दिँदै आएको थियो। शुक्रबारमात्रै अध्यक्ष श्रेष्ठलाई केन्द्रीय समितिको बैठक बोलाउन २४ घन्टे अल्टिमेटम दिइएको थियो। अध्यक्ष श्रेष्ठले भने स्वास्थ्यको कारण देखाउँदै हालः...

थारूवान

थारू विद्यार्थी समाज (थाविस)ले एसईईमा उत्तीर्ण थारू विद्यार्थीहरूलाई सम्मान गरेको छ। शनिबार नाइटिङ्गेल कलेजमा आयोजित विशेष समारोहमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको प्रमुख आतिथ्यमा एसईईमा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको हो। उनीहरूलाई प्रमाण पत्र र खादा ओढाएर सम्मान गरिएको थियो। त्यस्तै एसईईमा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याउने तीन जना...

थारूवान

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का केन्द्रीय सदस्यहरूले २४ घन्टाभित्र केन्द्रीय समितिको बैठक बोलाउन अध्यक्ष रञ्जिता श्रेष्ठलाई अल्टिमेटम दिएका छन्। शुक्रबार मध्यबानेश्वरमा बसेको नाउपा केन्द्रीय समितिको बैठकले अध्यक्ष श्रेष्ठलाई २४ घन्टाभित्र बैठक बोलाउन माग गरेको हो। २४ घन्टाभित्र बैठक नबोलाइए साउन ११ गते दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने र...

थारूवान

काठमाडौं महानगरपालिकाले प्रदान गर्ने कक्षा ११ र १२ को छात्रवृत्तिमा ११६ जना थारू विद्यार्थीहरू छनौट भएका छन्। कूल ३ हजार ३६१ जनामध्ये ११६ जना थारू विद्यार्थीहरू काठमाडौं महानगरभित्र पर्ने विभिन्न कलेजमा सिफारसि भएका हुन्। थारू विद्यार्थीहरू अधिकांश विज्ञान विषयका लागि छनौट भएका हुन्। त्यसपछि व्यवस्थापन र केही कानुन संकायका...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टीको महासचिवसमेत रहेका गंगाराम चौधरीले केन्द्रीय समिति बैठक बोलाउन मिल्ने बताएका छन्। संसदीय दलको विधान संशोधनका लागि बैठक बोलाइएकाले वादविवाद नगर्न उनले आग्रह गरेका छन्। संरक्षक चौधरीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई बैठकबाट नभाग्न पनि आग्रह गरेका छन्। उनले आफूमाथि लागेको आरोपबारे केन्द्रीय समिति बैठकमा...

थारूवान

किशोरीको डिम्बको अवैध व्यापार भइरहेको भनेर यो विषय संसद्‍मा उठेको छ। बुधबारको प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रकी सांसद रुपा सोशी चौधरीले यस विषयमा कुरा उठाएकी हुन्। किशोरीको डिम्ब ब्यापारको विषयमा आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्न उनको माग छ। १६ देखि १९ वर्ष उमेर समूहका किशोरीहरूलाई प्रलोभनमा पारेर डिम्ब...

थारूवान

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठसँग बयान लिएको छ। बुधबार अख्तियारले उनलाई बयानका लागि झिकाएको हो। विहान १० बजेदेखि अख्तियारले रञ्जितासँग सोधपुछ गरेको स्रोतले बतायो। मालपोत कास्कीका कार्यालय प्रमुखको थमौती र सरुवाको विषयमा सार्वजनिक भएको घुस अडियोको छानबिनका सिलसिलामा अख्तियारले पूर्वमन्त्री श्रेष्ठको पनि संलग्नता भेटेपछि...

थारूवान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता स्वतः निष्क्रिय भएको स्पष्ट पारेको छ। पार्टीको केन्द्रीय कमिटी बैठकको निर्णयका बारेमा जानकारी दिन बुधबार पार्टी कार्यालय च्यासलमा एमाले प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा एमालेमा महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति भण्डारी पार्टी राजनीतिमा फर्किन उपयुक्त नहुने निष्कर्ष पार्टीले निकालेपछि सदस्यता...

थारूवान

नागरिक उन्मुक्ति पार्टी (नाउपा)को केन्द्रीय समितिको बैठक बोलाइएपछि लफडा सुरू भएको छ। संसदीय दलको नेतासमेत रहेका गंगाराम चौधरीले केन्द्रीय कमिटी बैठक आह्वान गरेपछि विवाद सिर्जना भएको हो। गत शनिबार (साउन ३ गते) गंगारामको अध्यक्षतामा बसेको बैठकले साउन ९ र १० गतेका लागि केन्द्रीय कमिटी बैठक आह्वान गरेको थियो। बैठकमा...

थारूवान

गृह मन्त्रालयले १३ जनालाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा र ११ जनालाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस गरेको छ। सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो। बढुवामा सिफारिसमा पर्नेमा दुई जना थारू समुदायका रहेका छन्। नेपाल प्रहरी प्रदेश कार्यालयको कार्यालयको केन्द्रीय अनुसन्धान इकाइ सुर्खेत...

थारूवान
1 20 21 22 23 24 228