थारू समाचार

थारू आयोगका कार्यवाहक अध्यक्ष र सदस्यविरुद्ध अर्का सदस्य शान्ती मोदीले प्रहरीमा बुझाइन् जाहेरी

थारू आयोगका कार्यवाहक अध्यक्ष सुबोध सिंह थारू र सदस्य भोलाराम चौधरीविरुद्धको जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेको छ। आयोगकी सदस्य शान्ती मोदीले आफ्नो हस्ताक्षर कीर्ते गरेको आरोपमा उनीहरूविरुद्ध जाहेरी दिएकी हुन्। हस्ताक्षर कीर्ते गरेको भन्दै आयोगकी सदस्य मोदीले मुलुकी अपराध संहिता २०७४ परिच्छेद-२५ दफा २७६ बमोजिम उनीहरुविरुद्धको जाहेरी परिसरमा...

थारूवान

काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ। तीनकुनेस्थित सडकमा बा६८प ४१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक कैलाली गोदावरी गाउँपालिका-८ घर भई काठमाडौंको बानेश्वर बस्ने २१ वर्षीय समिर चौधरीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते चौधरीको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको...

थारूवान

डीवि थारु (कविर) सर्वप्रथम जेन-जी विद्रोहका सहिदहरूप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। सेप्टेम्बर ८-९ नेपालमा जेन-जी प्रोटेस्ट भयो। जसलाई जेन-जी विद्रोह भनिएको छ। यो नेपालमा देशव्यापी दुई दिनमात्र भयो। परिणाम देशका प्रायः प्रमुख ऐतिहासिक राष्ट्रिय संरचनाहरू ध्वस्त भए। महत्वपूर्ण दस्तावेजहरू जलेर नष्ट भए। खरबौंको अपुरणीय क्षति भयो। प्रदर्शनकारी,...

थारूवान

कास्कीको लिचीबारी जग्गा प्रकरणमा ३२ लाख रुपैयाँ घुस लिएको आरोप लागेका तत्कालीन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीमाथि छुट्टै अनुसन्धान हुने भएको छ। विशेष अदालत काठमाडौंबाट मुद्दा नम्बर ०७४-cr- ०१६७ मा भएको आदेशअनुसार अधिकारीमाथि छुट्टै अनुसन्धान हुनेछ। अधिकारीसँग घुस प्रकरणमा जोडिएका दुई पूर्वमन्त्री राजकुमार गुप्ता र...

थारूवान

पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार एमाले नेता गुप्ता र नाउपा अध्यक्ष श्रेष्ठसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ।...

थारूवान

जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको जाहेरीमा एक दिनको समय माग गरेको छ। एमाले निकट अनेरास्ववियुले दिएको किटानी जाहेरीलाई एक दिन समय मागेको पूर्व अध्यक्ष समिक बडालले बताए। उनका अनुसार सरकारकी वकिलको कार्यालयसँग छलफल गरेरमात्रै प्रहरीले निर्णय गर्ने भएको...

थारूवान

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी परेको छ। जेनजी आन्दोलनमा मानवताविरुद्धको अपराध भएको भन्दै मृतक परिवारले उनीहरूविरुद्ध जाहेरी दिएका हुन्। उक्त जाहेरीलाई काठमाडौं प्रहरी परिसले जाँचबुझ आयोगमा पठाएको छ। सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग...

थारूवान

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ। स्वीकृत कार्यतालिकाअनुसार आगामी मङ्सिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम तय गरिएको आयोगले जनाएको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि...

थारूवान

विभिन्न जेनजी समूह र व्यक्तिहरूको सहभागितामा गठन गरिएको जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूलाई तत्काल स्वेच्छिक राजीनामा दिन आग्रह गरेको छ। जेनजी आन्दोलन भ्रष्ट्रारविरुद्धको अभियान पनि रहेकाले त्यसमा सहयोग गर्न प्रमुख आयूक्तसहित सम्पूर्ण आयुक्तको राजीनामा माग गरिएको हो। समूहले जारी गरेको विज्ञप्तिमा...

थारूवान

सशस्त्र प्रहरीले आइतबार एक गर्भवती महिलालाई उद्धार गरी अस्पताल पुर्‍याएको छ। साँझ ६ बजेको समयमा वीरगन्ज महाननगरपालिका-११ श्रीपुरस्थित दिनेश चौरसियाको घरमा डेरा गरी बसेका पर्सा सखुवाप्रसौनी गाउँपालिका-३ स्थायी घर भएका मनोहर चौधरीकी गर्भवती पत्नी ३१ वर्षीया ऋचा चौधरीलाई सुत्केरी व्यथा लागेको थियो। सशस्त्र प्रहरी १३ नं गण हेडक्वार्टर पर्साबाट...

थारूवान
1 4 5 6 7 8 228