थारू समाचार
मोटरसाइकल दुर्घटनामा चिन्तामणि चौधरी र सोविन चौधरीको मृत्यु
सप्तरीको खडक नगरपालिका ११ बनौलीस्थित हुलाकी सडक खण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। बोदेबर्साइनबाट राजविराजतर्फ जाँदैगरेको मधेश प्रदेश ०१-००५ प ६८३२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदैगरेको मधेश प्रदेश २-१-००३ प ६९३२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको...
थारूवानथारू लेखक तथा संस्कृतिविद् शत्रुघन चौधरी लावा डग्गर साहित्यिक पुरस्कारबाट सम्मानित भएका छन्। थारू भाषाको त्रैमासिक पत्रिका लावा डग्गरको १६औं तथा थारू साहित्य-संस्कृति प्रतिष्ठानको तेस्रो वार्षिकोत्सवको अवसरमा लेखक चौधरीलाई १५ हजार राशिको पुरस्कार प्रदान गरिएको हो। पुरस्कारले थारू भाषा, साहित्यिक लेखनमा थप जिम्मेवार बनाएको लेखक चौधरीले बताए। लेखक चौधरीले...
थारूवानपर्यटन व्यवसायमा अगाडि बढिरहेको नवलपुर (पूर्वी नवलपरासी)मा टिम्बर ट्रपिकल रिट्रीट होटल सञ्चालनमा आएको छ। नेचरगाइड देवेन्द्र महतो र होटल म्यानेजमेन्ट अध्ययनरत उनका छोरा सिलासले कावासोती नगरपालिका-१५ शेरगञ्जमा टिम्बर ट्रपिकल रिट्रीट होटल सञ्चालनमा ल्याएका हुन्। महतोका आमाबुबा बिकनकुमारी थरुनी र रुपनारायण महतोले मंगलबार संयुक्तरूपमा होटलको उद्घाटन गरे। सुन्दर, शान्त, प्राकृतिक...
थारूवानबर्दियाको बारबर्दिया नगरपालिका वडा न: १० मा अवस्थित मेरैया गाउँ अहिले ‘सखिया नाच’ को रौनकताले भरिएको छ। दशैंअघि सुरु भएर दशैं सकिएको केही दिनसम्म नाचिने सो नाचले गाउँ रौनकता बढाएको छ। साँझपख गाउँका सम्पूर्ण युवतीहरूले थारू पहिरनमा सजिएर गाउँको मूल बरघर चौधरी प्रसाद चौधरीज्युको घरमा जम्मा भएर मोरिन्या रोशनी...
थारूवाननेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित ५ जनालाई विदेश भ्रमणमा रोक लगाउन सिफारिस गरिएको छ। जेनजी आन्दोलन घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, पूर्व राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल रहेका छन्। गत भदौ २३...
थारूवानसरकारले जेनजी आन्दोलनमा घाइते भएकाहरूको पहिचानका लागि परिचयपत्र वितरण गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका घाइतेलाई परिचय पत्र वितरण गरिने र जेनजी क्लिनिकमार्फत सहज उपचार उपलब्ध गराउने निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलका अनुसार घाइतेहरूलाई राहत उपलब्ध गराउन प्राविधिक समिति पनि बनाइएको...
थारूवानमाओवादी केन्द्रले नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गरेको छ। प्रज्ञा भवन भवनमा बसेको केन्द्रीय कमिटीको बैठकले सम्पत्ति छानबिन आयोग गठन गरेको हो। माओवादी प्रवक्ता अग्नि सापकोटाका अनुसार आयोगले अध्यक्षसहित पदाधिकारीबाट छानबिन सुरू गर्नेछ। ‘दुई चलेको बैठकले पार्टीका नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्ने निर्णय गरेको छ। आयोगले...
थारूवानयो सरकारले संविधान संशोधन गर्न सक्दैन, युवाहरू उत्साहका साथ निर्वाचनमा सहभागी हुनुस् : प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनबाट मात्रै संविधान संशोधन गर्न सकिने बताएकी छन्। बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आन्दोलनमा अभिव्यक्त सबै काम अन्तरिम सरकारले गर्न नसक्ने स्पष्ट पारेकी हुन्। संविधान संशोधन गरेर शासकीय स्वरुपलगायतका विषयमा बहस चलिरहेका बेला प्रधानमन्त्री कार्कीले यो सरकारले संविधान संशोधन गर्न नसक्ने बताएकी हुन्। ‘आन्दोलनमा...
थारूवाननेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशले प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गरेको छ। बुधबार प्रदेशस्तरीय नेताहरूको बैठकले प्रतिनिधिसभा पुनःस्थापना गरेर संविधान संशोधन गर्नुपर्ने माग गरेको हो। ‘राष्ट्रिय राजनीतिको निकास दिनका लागि संविधानभित्रैबाट राजनीतिक दल, सरकार र जेनजी युवाहरूबीच राष्ट्रिय सहमति गर्नुपर्छ। त्यसका लागि प्रतिनिधिसभा पुनःस्थापना गर्ने र पुनःस्थापित प्रतिनिधिसभामार्फत संविधान संशोधन गरेर...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश