थारू समाचार

प्रहरी जवान श्याम चौधरी तालिम केन्द्र परिसरमै मृत फेला

नेपाल प्रहरीका एक जना जवानले प्रहरी तालिम केन्द्रकै छेउमै आत्महत्या गरेको अवस्थामा भेटिएका छन्। बाँकेको राप्तीसोनारी गाउँपालिका ३ स्थायी घर भएका २४ वर्षीय श्याम चौधरी बुटवलस्थित प्रहरी तालिम केन्द्रको छेवैमा रहेको रुखमा झण्डिएर आत्महत्या गरेका हुन्। उनका छिमेकीसमेत रहेका राप्ती सोनारी गाउँपालिका ३ का वडाध्यक्ष मिनकुमार चौधरीले शुक्रबार राति...

थारूवान

थारू कल्याणकारिणी सभाका सभापति प्रेमीलाल चौधरीले ऊर्जा, सहरी तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङसँग भेटवार्ता गरेका छन्। मन्त्री निवासमा शनिबार थाकस पदाधिकारीहरूले घिसिङसँग भेटवार्ता गरेका हुन्। भेटमा विभिन्न चरणको थारु आन्दोलनबाट स्थापित अधिकारहरूलाई सुनिश्चित गर्नुपर्ने माग गरिएको थियो। सभापति चौधरीले संघीय निजामती विधेयकले थारू कोटा सुनिश्चित गरेको र त्यो...

थारूवान

अशोककुमार चौधरी तीन वर्षको राजनीतिक यात्रामा मैले पाएको अनुभव सरल र सहज थिएन। जिम्मेवारीलाई मैले सधैं गम्भीरतापूर्वक, इमान्दार नियत र निष्पक्ष दृष्टिकोणसहित पूरा गर्ने प्रयास गरें। यस यात्रामा मलाई साथ, माया, विश्वास र निरन्तर सहयोग प्रदान गर्नु भएका सम्पूर्ण देशबासीप्रति म गहिरो आभार प्रकट गर्दछु। संसद, संसदीय समिति र...

थारूवान

जेनजी आन्दोलनका क्रममा सभापति शेरबहादुर देउवाको गर्दनमाथि धारिलो हतियार प्रहार भएको नेपाली कांग्रेसले जनाएको छ। गर्दनमाथि धारिलो हतियारले काटिँदा १२ वटा टाँका लगाउनु परेको कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए। उनका अनुसार हतियारको विषयमा भने पुष्टि हुन सकेको छैन। ‘डाक्टरले धारिलो हतियार प्रहारबाट गर्दनमाथिको छाला काटिएको र १२...

थारूवान

नागरिक अभियन्ता सुरेन्द्र चौधरीले नेताहरूलाई दलीय सिन्डिकेटबाट बाहिर निस्किन आग्रह गरेका छन्। प्रमुख राजनीतिक दलका नेताहरूले नयाँ पुस्तालाई नेतृत्व दिन आनाकानी गरिरहेका बेला नागरिक प्रथमका अभियन्ता चौधरीले जेनजी आन्दोलनको मर्म पनि राजनीतिक दलहरूले विगतको कुकर्म त्यागेर नयाँ स्वरुपमा आउनु रहेको बताए। उनले जेनजी आन्दोलनले उठाएको आदर्शलाई मनन गर्न नेताहरूलाई...

थारूवान

थारू कल्याणकारिणी सभाले पछिल्लो राजनीतिक घटनाले प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताएको छ। संविधान दिवसको अवसरमा थाकसका अध्यक्ष प्रेमीलाल चौधरी र महामन्त्री मिनराज चौधरीले संयुक्त विज्ञप्ति जारी गरेर संविधान संशोधनको मागका लागि संघर्ष जारी राख्ने उल्लेख गरेको छन्।

थारूवान

नेपालमा देखिएको जेनजी आन्दोलन कुनै आकस्मिक घटना नभई दशकौंदेखि स्थापित राजनीतिक दलहरूको कार्यशैली, भ्रष्टाचार र कुशासनप्रतिको गहिरो असन्तुष्टिको सशक्त प्रतिविम्ब हो। यो आन्दोलनलाई केवल केही उत्तेजित युवाहरूको विद्रोह मात्र मान्नु ठूलो गल्ती हुनेछ। यो त लोकतान्त्रिक प्रक्रियाभित्रै देखिएको आत्म-सुधार संयन्त्र हो, जसले सत्तारुढ दलहरूलाई उनीहरूको गल्तीको ऐना देखाइदिएको छ।...

थारूवान

जेन-जी आन्दोलनका क्रममा काठमाडौंमा ज्यान गुमाएका लहान नगरपालिका-१५ सिमलटोकीका २७ वर्षीय विजय चौधरीको परिवारलाई सहयोग गरिने भएको छ। लहान नगरपालिकाले मृतक चौधरीको परिवारलाई सहयोग गर्ने घोषणा गरेको हो। नगर प्रमुख महेशप्रसाद चौधरीले बिहीबार पत्रकार सम्मेलन गर्दै मृतक चौधरीको परिवारलाई खाद्यान्न सामग्रीसहित एक लाख रुपैयाँ, उनकी श्रीमतीलाई शैक्षिक योग्यताका आधारमा...

थारूवान

अर्णव चौधरी। सामाजिक सञ्जालमा विभिन्न समूह बनाएर च्याटहरू भएका छन्। इन्स्टाग्रामदेखि सिग्नलसम्म प्रयोग गरिएका छन्। सबैका हातमा मोबाइल हुँदा हरेकले केही न केही फोटो वा भिडियो खिचेका छन्। ती प्रमाणहरू पनि सुरक्षित छन्। वार्तासम्बन्धी कुराहरू पनि यस्तै माध्यमबाट भएका हुन्। डिजिटल सुरक्षा र प्रमाण सङ्कलनका लागि हामीले आवश्यक दस्तावेजीकरण...

थारूवान

महेश कुचिला समय परिवर्तनशील छ। त्यसै अनुरुप शासन व्यवस्था परिवर्तन र परिमार्जित हुँदै जानुपर्छ भन्ने मान्यताको उदाहरण हो, जेनेरेशन जेड (जेनजी) आन्दोलन। सूचना प्रविधिको विकास र प्रयोगसँगै हुर्केको जेन-जेड (१९९७-२०१२) पुस्ता नतिजामुखी कार्यसम्पादनमा जोड दिन्छ र त्यसैमा विश्वास गर्छ। परम्परागत कार्यशैलीप्रति असन्तुष्ट तथा खुला आकाशझैं पारदर्शीता रुचाउने यो जमात...

थारूवान
1 7 8 9 10 11 228