थारू समाचार

अब हामी सरकारसँग भिख माग्दैनौं : रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले सरकारसँग भिख नमाग्ने बताएका छन्। टीकापुरमा पार्टीको प्रथम महाधिवेशनको उद्‍घाटन सत्रमा बोल्दै संरक्षक चौधरीले नागरिक उन्मुक्ति पार्टीले राज्यसँग भिख नमाग्ने बताएका हुन्।

थारूवान

नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन सुरु भएको छ। कैलालीको टीकापुरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नाउपा अध्यक्षसमेत रहेकी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले महाधिवेशनको उद्घाटन गरेका हुन्।

थारूवान

थारु समुदायले पुस २९ गते र माघ १ गते काठमाडौंको टुँडीखेलमा माघी महोत्सव मनाउने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टुँडीखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक प्रेमिलाल चौधरीले जानकारी दिए ।

थारूवान

नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन आजदेखि कैलालीको टीकापुरमा सुरु भएको छ। पुस २६, २७ र २८ गते हुने महाधिवेशनले पार्टीको नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने छ। पार्टीका संरक्षक रेशमलाल चौधरीका अनुसार महाधिवेशनको उदघाटन सत्रमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित राजनीतिक दलका शीर्ष नेताहरूलाई बोलाइएको छ। भारतीय जनता पार्टी (भाजपा)को प्रतिनिधित्वसमेत उदघाटन...

थारूवान

अन्जु चौधरी। “आज म घोंगी खान तिम्रो घर जान्छु,” एक दिन स्कूलमा दिउँसोकोे खाजा खाने वेला साथी शोभाले भनिन्। क्षेत्री समुदायकी थिइन् शोभा। हामी कक्षा ५ सम्म कैलालीको कैलारी गाउँपालिका-७, रामपुरस्थित जनता प्राविमा सँगै पढेका थियौं। हामी कक्षामा असाध्यै मिल्ने साथी थियौं। उनको परिवार पहाडबाट बसाइँ सरेर कैलाली आएको थियो।

थारूवान

माघ (माघी)मा चार दिन बिदा दिन माग गरिएको छ। थारू संघ-संस्थाका प्रतिनिधिहरूले मुख्यमन्त्री कमलबहादुर शाहसँग माघमा चार दिन बिदा दिन माग गरेका हुन्। थारू समुदायले महान तथा नयाँ वर्षको रूपमा मनाउने माघ पर्वमा बिदा मागसहित उनीहरूले प्रदेश सकारलाई ध्यानाकर्षण पत्र बुझाइएका छन्।

थारूवान

नवौं खिचरा महोत्सवमा गत वर्ष झैं यसवर्ष पनि खिचरा डान्स आइडल-२०८० हुने भएको छ। बालबालिकाहरूमा अन्तर्निहित प्रतिभालाई उजागर गरी दर्शकमाझ ल्याउनका लागि खिचरा डान्स आइडलको आयोजना गर्न लागिएको नवौं खिचरा महोत्सव मूल आयोजक समितिका संयोजक रामेश्वर चौधरीले बताए।

थारूवान

नेपाली कांग्रेसका नेता एवं सप्तरीको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तेजुलाल चौधरीले पार्टीको अनुशासनमा पनि रहनुपर्ने र नताको भावनाको आवाज पनि उठाउनुपर्ने भएका कारण जनप्रतिनिधिले सोचेअनुसार कानुन बनाउन नसकेको स्वीकार गरेका छन्।

थारूवान

काठमाडौंको टुँडिखेलमा आयोजना हुने थारू राष्ट्रिय माघी महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने भएका छन्। थारू कल्याणकारिणी सभासहित काठमाडौंमा रहेका थारू संघसंस्थाद्वारा संयुक्त आयोजना हुने महोत्सवको उद्घाटन प्रधानमन्त्री दाहालले गर्ने भएका हुन्। यसअघि पनि महोत्सवको उद्घाटन प्रधानमन्त्रीले गर्दै आएका थिए।

थारूवान

थारू कल्याणकारिणी सभाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएको छ। सर्वोच्च अदालतले दिएको परमादेशअनुसार यथाशिघ्र थारू कलस्टरको व्यवस्था गर्न माग गर्दै सभाले सोमबार प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको हो।

थारूवान
1 90 91 92 93 94 229