कांग्रेसका चार नेताका शालिक बनाइने
झापा- नेपाली कांग्रेस झापाले पार्टीका राष्ट्रिय र स्थानीय गरी आफ्ना चार नेताको शालिक निर्माण गर्ने भएको छ। जिल्ला कार्यसमितिको बैठकले नेपाली कांग्रेसका पूर्वसभापति स्वः गिरिजाप्रसाद कोइराला र कार्यकर्ताहरू खजुरगाछीका स्वः श्यामसुन्दर यादव, बालुवाडीका स्वः चन्द्रमणि भट्टराई र बुधबारेका स्वः यम आचार्यको शालिक बनाउने निर्णय गरेको हो।
कोइरालाको शालिक पार्टीको विर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा राखिने र अन्य नेताहरूको शालिक उहाँहरूकै क्षेत्रमा निर्माण गरिनेभएको छ। यादव, भट्टराई र आचार्य द्वन्द्वकालमा तत्कालीन माओवादीद्वारा हत्या गरिएका नेता हुन्।
कोइरालाको शालिक निर्माण गर्न जिल्ला सभापति थापाकै संयोजकत्वमा निर्माण समिति गठन गरिएको छ। त्यस्तै, शान्तिनगरमा आचार्यको शालिक निर्माण गर्न विमल आचार्य, बालुवाडीमा भट्टराईको शालिक निर्माण गर्न कालेन्द्र राजवंशी र खजुरगाछीमा यादवको शालिक निर्माण गर्न मखना महतोलाई संयोजक तोकिएको छ।
चन्द्रगढीस्थित धनुषमोडमा निर्मित बिपी कोइरालाको शालिकको मर्मतका लागि पनि केशवराज पाण्डेलाई संयोजक तोकिएको छ। रासस
Facebook Comment