भारत-पाकिस्तान सैनिकबीच भीडन्त
काश्मिर, पुस २२ (एजेन्सी)- भारतीय र पाकिस्तानी सैनिकबीच भीडन्त हुँदा एक पाकिस्तानी सैनिकको मृत्यु भएको छ। एक जना भने गम्भीर घाइते भएका छन्। काश्मिरस्थित भारत-पाकिस्तान सीमामा भारतीय सैनिकले सीमा मिचेको पाकिस्तान सेनाले आरोप लगाएका छन्। तर ठ्याक्कै के भएको भन्नेबारे अझै खुल्न नसकेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी सीएनएनले जनाएको छ।
भारतीय सेनाका प्रवक्ता कर्न जगदीश दाहियाले भने पाकिस्तानी सैनिकले युद्ध बिरामको उल्लघंन गरेकाले जवाफी कारबाही गरेको समाचार एजेन्सी रोयटर्सलाई बताएको छ। प्रवक्ता दाहियाले आफ्ना कुनै सैनिक सीमापारि नगएको प्रष्ट पारेका छन्।
Facebook Comment