रेशम चौधरीलाई पक्राउ गर्न पत्र काट्ने अधिकृतलाई धरौटीमा छाड्न आदेश

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै पत्र लेख्न सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले विष्टलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। धरौटी बुझाएर रिहा हुने प्रक्रियामा उनी रहेको अदालतले बताएको छ।

विष्टले अनधिकृत रूपमा पत्र लेख्दै रेशमलाई पक्राउ गरेर डिल्लीबजार कारागार चलान गर्न भनेका थिए। त्यसपछि उक्त पत्र लिएर उनी आफैं जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका थिए। उक्त पत्रपछि प्रहरीले रमेशलाई पक्राउ गरेर कारागार समेत पुर्‍याएको थियो। उक्त पत्र आधिकारिक नरहेको खुलेपछि रेशम रिहा भएका थिए भने पत्र लेखेको आरोपमा विष्ट पक्राउ परेका थिए।




One thought on “रेशम चौधरीलाई पक्राउ गर्न पत्र काट्ने अधिकृतलाई धरौटीमा छाड्न आदेश

  1. यस्ता पदिय मर्यादा दुरूपयोग गर्ने राष्ट्रिय सदभाव खल्बल्याउने कर्मचारीलाई हदैसम्मको विभागीय कारबाही देखि निलम्बन गरी पेन्सन पटा पनि निलम्बित गर्नु पर्छ !

Leave a Reply to Shyam kanta chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *