भारतको गुजरातमा बस्तीमै खस्यो २४२ जना सवार एयर इन्डियाको जहाज

भारतको गुजरातमा एयर इन्डियाको जहाज दुर्घटना भएको छ। लन्डनका लागि उडान भरेको एयर इन्डियाको ७८७ जहाज अहमदावादको मेघानी नगरमा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
विमानस्थालबाट १:३८ बजे उडान भरेको केही मिनेटमै विमान दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
पूर्वमुख्यमन्त्री पनि थिए सवार
एयर इन्डियाको दुर्घटनाग्रस्त विमानमा गुजरातका पूर्वमुख्यमन्त्री पनि सवार रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी उक्त विमानमा सवार रहेको बताइएको हो। भारतीय जनता पार्टीबाट रुपाणी सन् २०१६ देखि २०२१ सम्म गुजरातको मुख्यमन्त्री रहेका थिए।
अहमदाबादबाट लन्डनका लागि उडान भरेको एयर इन्डियाको एआई१७१ फ्लाइट नम्बरको उडान केही मिनेटमै दुर्घटना भएको थियो। उक्त विमान अहमदाबादको मेघानी नगरमा दुर्घटना भएको हो। विमानमा क्रुसहित २४२ जना सवार रहेको बताइएको छ।
Facebook Comment