देशभरिका थारू कलाकारले झुमाए काठमाडौं

देशभरिका थारू कलाकारहरूले काठमाडौंबासी थारूहरूलाई झुमएका छन्। राष्ट्रिय थारू कलाकार मञ्चले आयोजना गरेको बृहत् राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रममा देशभरिका थारू कलाकारहरूले शनिबार प्रज्ञा प्रतिष्ठानमा आफ्नो प्रस्तुती दिएका हुन्।

कार्यक्रममा थारू नाटक, थारू लोक नाचसहित गायका गायिका तथा अभिनेता-अभिनेत्रीहरूले आफ्नो प्रस्तुती दिएका थिए। कार्यक्रमको उद्‍घाटन नागरिक उनमुक्ति पार्टीका संरक्षक रेशम चौधरीले गरेका थिए। कार्यक्रममा देशभरिबाट थारू कलाकाहरू सहभागी भएको मञ्चका अध्यक्ष विनय वैद्यले बताए।

संगीत दिवसको अवसरमा थारू भाषा, धर्म, कला-संस्कृति र पहिचानलाई जोगाउन उक्त कार्यक्रम आयोजना गरिएको अध्यक्ष वैद्यको भनाइ छ।




One thought on “देशभरिका थारू कलाकारले झुमाए काठमाडौं

  1. wow आधिबासी जनजातिको कार्यक्रम राखेर निकै राम्रो गर्नु भयो यसैगरी हामीले हाम्रो सस्कृती र हाम्रो पहिचान सधै जोगाएर राख्नु पर्छ ।

Leave a Reply to Om Narayan Cancel reply

Your email address will not be published. Required fields are marked *