युवा अभियन्ता पुष्प चौधरीको दुर्घटनामा निधन

सुनसरीका युवा अभियन्ता पुष्प चौधरीको दुर्घटनामा निधन भएको छ। बर्जु गाउँपालिका-६ निवासी पुष्प चौधरीको बुधबार दुर्घटनामा निधन भएको हो।

सुनसरीको सामाजिक तथा राजनीतिक गतिविधिमा उनी सक्रिय थिए। उनी थारू राजनीतिज्ञहरूसँग पनि निकट रहँदै आएका थिए। आफ्नो क्षेत्रमा हुने हरेक सामाजिक तथा सांस्कृतिक जमघटमा उनको सक्रियता लोभलाग्दो थियो।

त्यहाँका थारू अगुवाहरूले समुदायले एउटा प्रभावशाली युवा गुमाएको बताएका छन्। माओवादी केन्द्रका सांसदसमेत रहेका अमनलाल मोदीले पनि उनको निधनप्रति श्रदाञ्जली अर्पण गरेका छन्।
‘अलविदा पुष्प भाइ। अपत्यारिलो अत्यन्त दुःखद खबर थारु समुदायको उदयमान युवा समाजिक अभियन्ता सुनसरी निवासी पुष्प थारुको दुर्घटनामा परी निधन भएको हुँदा अत्यन्त मर्माहित बनाएको छ, तपाईँप्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ सांसद मोदीले लेखेका छन्।




One thought on “युवा अभियन्ता पुष्प चौधरीको दुर्घटनामा निधन

  1. भनिन्छ राम्रो मान्छेलाई सधैं भगवान कै हुन्छ खाँचो ।
    नत्र अकालमा मृत्यु किन हुन्छ यही नै हो कुरा साँचो।।
    #हार्दिक_श्रद्धाञ्जली

Leave a Reply to Hari Chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *