थारू साहित्य सम्मान तथा पुरस्कारबाट सम्मानित हुन चाहनुहुन्छ? मनोनयन दर्ता गर्नुस्
थारू लेखक संघ नेपालले थारू साहित्य सम्मान तथा पुरस्कार-२०८३ का लागि मनोनयन दर्ता खुलाएको छ। संघले विज्ञप्ति जारी गरेर थारू भाषा, साहित्य, संस्कृति र गीत संगीतको माध्यमबाट योगदान पुर्याउने थारूहरूले उक्त सम्माानका लागि मनोनयन दर्ता गर्न सक्नेछन्।
संघका सचिव राजु चौधरीका अनुसार मंसिर २३ गते ४ बजेभित्र मनोनयन दर्ता गर्नुपर्ने छ। मनोनयन दर्ता गर्दा बायोडाटा र नागरिकताको प्रमाण पत्र पनि पेस गर्नुपर्ने छ।
त्यस्तै आफूले लेखेको कृतिको सफ्ट कपीसहित प्रकाशन मिति र विधा पनि खुलाउनपर्ने छ। चितवनमा आयोजना हुने थारू साहित्य राष्ट्रिय सम्मेलनमा उक्त पुरस्कार वितरण गरिनेछ। पुरस्कारको राशि ६० हजार रुपैयाँ रहने संघले जनाएको छ।

Facebook Comment