सन्जय चौधरीको ‘हिजोआज किन किन’ सार्वजनिक (भिडियो)
पपगायक सन्जय चौधरीको ‘हिजोआज किन किन किन’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। एसियन म्युजिकले बजारमा ल्याएको उक्त बोलको गीतको छाँयाकन दुबईमा गरिएको छ।
म्युजिक भिडियोमा आशिष पुरुष र पूजा भट्टले अभिनय गरेका छन्। गीत चौधरी स्वयंले लेखेका छन् भने संगीत पनि उनैले भरेका छन्।
यसअघि चौधरीले गल्ती मेरो छैन, तिमी आयो तिमी आयौ ढाकाटोपी जबदेखिलगायतका दर्जन बढी गीतबाट चर्चा कमाएका थिए।
भिडियो हेर्नुस्:
Facebook Comment