पूर्वेली थारू लोक गीत ‘ऋतु वसन्त’ सार्वजनिक

पूर्वेली थारू लोक गीत ऋतु वसन्तको म्युजिक भिडियो झुम्की प्रोडक्सनले सार्वजनिक भएको छ। फागुन-चैतलगत्तै सुरू हुने वसन्त ऋतुको आगमनसँगै थारू गाउँहरू उक्त गीत गाइन्छ। थारू जनजीवन र घटनाक्रमलाई सम्रण गर्दै गाउने थारू लोक भाकालाई आजको पुस्ताले पनी सम्झिउन भनेर तयार पारिएको झुम्की प्रोडक्सनले जनाएको छ।

अरूण आर्यण चौधरीको प्रस्तुति तथा पहिलो पटक झुम्की प्रोडक्सनस र सेविल इन्टरटेन्मेन्टको संयुक्त सहकार्य रहेको गीतमा गायिका सुमिका सरदार र जस्मीन चौधरीको स्वर रहेको छ। त्यस्तै संगीत तथा गीत संयोजन सन्दिप सरदार ( क्रेजी पेटलस) ले गरेका छन्। गीतलाई ज्योती चौधरीले निर्माण गरेकी हुन्।

त्यस्तै गीतको म्युजिक भिडियोलाई शिव चौघरीले निर्देशन गरेका छन भने रमेश चौधरीको ऊत्कृष्ट सिनेमाटोग्राफी रहेको छ। म्युजिक भिडियोमा आरती चौघरी रर नितेश चौधरीले अभिनय गरेका छन्। गीतमा भिडियो कन्सेप्ट लोकेन्द्र राज चौधरीको रहेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *