बाँके र बर्दियालाई टुक्रयाउन खोज्नेहरूविरुद्ध प्रतिवादमा उत्रिने थारू युवाहरूको चेतावनी
बाँके र बर्दियालाई लुम्बिनी प्रदेशबाट टुक्रयाउनेविरुद्ध नेपालगन्जका थारू युवाहरू एक हुने निष्कर्ष निकालेका छन्। अभियन्ता सीताराम थारूको अगुवाईमा भएको छलफलले बाँके र बर्दियालाई टुक्र्याउनेहरूविरुद्ध एकताबद्ध भएर लड्ने निष्कर्ष निकालिएको हो।
पछिल्लो समय प्रमुख राजनीतिक दलका नेताहरूले थारू बाहुल्य जिल्ला बर्दिया र बाँकेलाई लुम्बिनीबाट टुक्र्याएर कर्णालीमा मिसाउनुपर्ने अभिव्यक्ति दिँदै आएका छन्। त्यसमा बाँके र बर्दियाकै प्रमुख दलका मुख्य नेताहरू अग्रपंक्तिमा रहेका छन्। त्यसो त पुष्षकमल दाहाल प्रचण्ड, ओलीलगायतले पनि उक्त विषयमा सहमति जनाउँदै आएका छन्।
प्रमुख दलका शीर्ष नेताहरू नै थारू बाहुल्या जिल्ला टुक्याउन लागेपछि थारू युवाहरू एकजुट भएर लाग्ने सहमति जुटाएका हुन्। थारूहरूको थाँतथलो बाँके र बर्दिया रहेको र यहाँका थारूहरूको सांस्कृति पहिचान तराईकै जिल्लाहरूसँग मिल्ने भएकाले त्यसविरुद्ध उभिने निष्कार्ष निकालिएको अभियन्ता सीताराम थारूले बताए।
त्यस्तै छलफलले थारू विपद् कोष बनाउने निर्णय पनि गरेको छ। विभिन्न गाउँबाट आएकाहरूलाई आवश्यक परेका बेला सहयोग गर्ने उद्देश्यले कोष स्थापना गर्न लागिएको अभियन्ता सीतारामले बताए। त्यस्तै नेपालगञ्जमा हुने हरेक माघ मिलनदेखि सबै चाडपर्वमा मूल आयोजक समिति बनाएर आयोजना गर्ने, थारू युवाहरूलाई राजनीतिक, आर्थिक र सांस्कृतिक रूपमा स्थापित गर्दै जाने र सामाजिक काममा अग्रपंक्तिमा रहेर काम गर्ने निष्कर्ष छलफलले गरेको थियो।
Facebook Comment