मोटरसाइकल दुर्घटनामा हिमबहादुर थारूको मृत्यु
बर्दियामा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। दुर्घटनामा परी बाँसगढी नगरपालिका-६ का ३६ वर्षीय हिमबहादुर थारूको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ।
शुक्रबार साँझ बाँसगढी नगरपालिका-७ भित्री सडकखण्डको वनबगियाबाट मोतीपुर जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने २० वर्षीय दिलीप थारू सामान्य घाइते भएका थिए भने मोटरसाइकलचालक हिमबहादुर गम्भीर घाइते भएका थिए।
उनको कौशिल्या मेडिकल सामान्य उपचार गरी थप उपचारका लागि कोहलपुर लैजाने क्रममा करिब साढे ६ बजेतिर बाटोमै थारूको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका नायब निरीक्षक तथा सूचना अधिकारी राघवसिंह राठौर जानकारी दिए।
Facebook Comment