लामो रस्साकस्सीपछि सुनसरी ३ मा विजय गच्छदारसहित ३ जनाको नाम सिफारिस

फागुन २१ को निर्वाचनका लागि नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ३ बाट आफ्नो एकल नाम सिफारिस गर्ने पूर्वमन्त्री विजय कुमार गच्छदारको प्रयास असफल भएको छ। सुनसरीका अधिकांश क्षेत्रीय समितिले जिल्लामा नाम पठाइसके पनि क्षेत्र नम्बर ३ मा भने गच्छदारले एकल नाम सिफारिस गर्न दबाब दिएपछि बैठक लम्बिएको थियो।

२०२७ सालमा महेन्द्र मोरङ क्याम्पसबाट नेपाल विद्यार्थी संघमा आवद्द भएर राजनीतिक यात्रा सुरु गरेका र १८ पटक मन्त्री भइसकेका गच्छदार २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार भगवती चौधरीसँग पाँच हजारभन्दा बढी मतान्तरले पराजित भएका थिए।पूर्वउपप्रधानमन्त्री समेत रहेका गच्छदार ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिए पनि उनले विशेष अदालतबाट सफाइ पाएका थिए।

गच्छदारले एकल नाम सिफारिस गर्न दबाब दिएपछि दुहबीस्थित एक पार्टी प्यालेसमा बसेको क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिको बैठक लम्बिएको थियो । नाम सिफारिस गर्न बिहान ११ बजेपछि बसेको बैठक साँझ ५ बजेसम्म चलेको थियो । सुनसरी ३ नम्बर क्षेत्रीय समिति अध्यक्ष मेहदी हुसेनका अनुसार प्रतिनिधिसभा प्रत्यक्षतर्फ गच्छदारसहित वेद नारायण गच्छदार र ओमकुमार थापाको नाम सिफारिस भएको छ। यसैगरी समानुपातिकतर्फ महेशप्रसाद बास्तोलाको नाम एक नम्बरमा सिफारिस हुँदा उनीसँगै दिलमाया डाँगी, प्रमिला गच्छदार, गोमा पराजुलीसहित १३ जनाको नाम सिफारिस भएको छ।

यसअघि गच्छदारलाई सुनसरी ३ मा सिफारिस नगर्ने निष्कर्ष निकालिएको छ। गच्छदारले एक सिफारिसको माग गरेपछि स्थानीय नेताहरूले जेनजी आन्दोलनको भावना नयाँ पुस्तालाई ल्याउनुरहेको पटक-पटक एकै व्यक्तिलाई दोहोर्‍याउन नहुने सुझाव दिएका थिए।




One thought on “लामो रस्साकस्सीपछि सुनसरी ३ मा विजय गच्छदारसहित ३ जनाको नाम सिफारिस

  1. पटक पट्क दोहर्यो भने के गर्ने ? यहाँ कुरा तल्लो स्तरको होइन प्रधानमन्त्री खुर्सिमा पट्क पट्क हेराफेरि गरेर कहिले शेरबहादुर देवा त कहिले प्रचण्ड त कहिले केपिओलि यिनिहरुको नौटंकी हेर्दाहेर्दा स्वतन्त्र जनता वाक्क दिक्क भएको छ,अब प्रत्येक्ष कार्यकारी प्रधानमन्त्री हर्क सम्पाङ हुनुपर्छ बिदेशीको सिद्धान्त फर्मुला नेपालको माटोलाई Match गरेनन जय नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *