गोपाल दहित सिफारिसमा परेनन्, बर्दिया-२ मा आरजु, किशोर सिंह र मिनराज चौधरी सिफारिस
प्रतिनिधि सभाको निर्वाचनको लागि नेपाली कांग्रेसले बर्दियाबाट पूर्व परराष्ट्र मन्त्री आर्जु राणा देउवाको नाम सिफारिस गरेको छ। कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट उम्मेदवारको लागि देउवाको नाम सिफारिस भएको हो।
आरजुसँगै बर्दिया २ बाट खुलातर्फ किशोर सिंह राठौर, अरुणप्रकाश सिंह राठौर, जग्गा प्रसाद पाण्डे, मिनराज चौधरी, प्रशुराम चौधरी, मकर बहादुर सिजापति, रामचन्द्र थापा, विद्या प्रसाद खनाल र दिपक भण्डारीको नाम सिफारिस गरेको कांग्रेस बर्दिया प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सभापति दीपक जंग शाहले जानकारी दिए।
आकांक्षी रहेका केन्द्रीय सदस्य डा. गोपाल दहितको नाम भने सिफारिस भएन। त्यस्तै समानुपातिक तर्फ देवमान चौधरी, चन्द्रध्वज जिसी, तारा चौधरी, प्रतिमा चौधरी, दुर्गा सापकोटा, तारा शुक्ला, तेज कुमारी थापा (खाँ), मनिषा गुरुङ, सावित्री ढुँगाना, प्रेम बहादुर सुनार र भारती कामी छन्।
Facebook Comment