एमालेको केन्द्रीय कमिटीमा आउन २० जना थारूको उम्मेदवारी

नेकपा (एमाले) को ११औं महाधिवेशनको चौथो दिन आज मतदान हुँदैछ। अपरान्ह ४ बजेपछि मतदान हुने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले बताए।

१९ पदाधिकारीसहित ३०१ सदस्यीय कार्य समितिमा थारू समुदायबाट २० जना नेताहरू (१३ पुरुष र ७ महिला) चुनावी मैदानमा होमिएका छन्। लुम्बिनी प्रदेशका पूर्वमन्त्री वैजनाथ चौधरी (नवलपरासी) उपमहासचिवमा उम्मेदवारी दिएका छन्। थारु समुदायबाट पदाधिकारीमा उम्मेदवारी दिएको उनी एक्लो थारु हुन्।

त्यसैगरी केन्द्रीय सदस्यमा खुलातर्फ नारदमुनि रानाथारु (कैलाली) र थारु क्लस्टर खुलाबाट कृपाराम रानाथारु (कञ्चनपुर) ले उम्मेदवारी दिएका छन्। त्यस्तै मधेसबाट खुल्ला केन्द्रीय सदस्यमा राजकुमार लेखी (सप्तरी), ताराकान्त चौधरी (सप्तरी) ले उम्मेदवारी दिएका छन्।

सोहीअनुसार थारु क्लस्टर खुलाबाट कृष्णी चौधरी थारु (बर्दिया), गौरीशङ्कर चौधरी (कैलाली), तुलसीप्रसाद चौधरी, नरुलाल चौधरी (दाङ), वलवीरप्रसाद चौधरी (बारा), विश्रामप्रसाद चौधरी (कपिलवस्तु), सत्यनारायण चौधरी (सिराहा) ले उम्मेदवारी दिएका छन्।

त्यस्तै थारू महिला क्लस्टरबाट कमला चौधरी (कञ्चनपुर), जागेश्वरीदेवी चौधरी, मञ्जुकुमारी चौधरी (उदयपुर), शान्ता चौधरी (दाङ) ले उम्मेदवारी दिएका छन्। सोहीअनुसार श्रमिकतर्फबाट जनक चौधरी, खुला महिलामा पूर्वमन्त्री भगवती चौधरी (सुनसरी), शिवकुमारी चौधरी (कपिलवस्तु)को उम्मेदवारी परेको छ। त्यस्तै, केन्द्रीय लेखा आयोग सदस्यमा कमलकिशोर चौधरीले उम्मेदवारी दिएका छन्।

महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली प्यानल र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको गरी दुई प्यानल र स्वतन्त्रबाट समेत उम्मेदवारी दिएका थारू नेताहरू दुवै अध्यक्षको प्यानलमा बाँडिएर उम्मेदवारी दिएका हुन्। प्यानलमा नपरेकाहरू भने स्वतन्त्रबाट उम्मेदवारी पेश गरिएको कैलालीका नारदमुनि राना थारुले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *