बर्दियाको राजापुर जाँदै कुलमान घिसिङ, भब्य स्वागतको तयारी

भौतिक पूर्वाधार तथा ऊर्जा मन्त्री कुलमान घिसिङ बर्दिया भ्रमणमा जान भएका छन्। उनी भोलि बुधबार राजापुरमा हुने कार्यक्रममा सहभागी हुन बर्दिया आउन लागेको उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य सोम डेमनडौराले जानकारी दिए।

राजामापुर रहँदा मन्त्री घिसिङले सत्तिघाट तबन्धन, भिम्मापुर सिंचाई, शंकरपुर बोर्डरदेखि कोठियाघाटसम्मको डुबान क्षेत्र अवलोन गर्नेछन्। त्यस्तै मन्त्री घिसिङले ओखरिया रोड, थारू संग्रहालय र इन्टेकको पनि भ्रमण गर्नेछन्। त्यस क्रममा उनले जनकनगर थारू होमस्टेमा थारू परिकार खाने कार्यक्रम रहेको आयोजकल जनाएको छ।

त्यस्तै मन्त्री घिसिङले बर्दिया र कैलाली जोड्ने झोलुङ्गे पुलको शिलान्यास गर्नेछन्। त्यसपछि आयोजना हुने सांस्कृति कार्यक्रममा सहभागी भई पार्टी प्रवेश कार्यक्रम पनि आयोजना हुने जनाइएको छ।

त्यस्तै मन्त्री घिसिङ ठाकुरद्वाराको थारू होम रिसोर्टमा रात बिताउने र त्यसपछि पार्टी कार्यालयको उद्‍घाटन गर्ने कार्यक्रमसमेत रहेको छ। उनले बबई नदीमा भत्किएको जब्दी पुलको पनि भ्रमण गर्नेछन्।

उज्याल नायकसँग भन्दै राखिएको कार्यक्रममा थारू समुदायका चर्चित कलाकारहरूले प्रस्तुती पनि दिने आयोजकले जनाएको छ। कार्यक्रममा आरके थारू, सोनु कुश्मी, दर्पण कुशम्या, ऋतु चौधरी, विजय चौधरी र दीपिका चौधरीले परस्तुती दिने कार्यक्रम रहेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *